एनपीएलमा जनकपुर बाेल्ट्स विजयी, सुदुरपश्चिम बन्याे उपविजेता

मूलखबर संवाददाता
काठमाडौं, ६ पुस

नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।

मधेस प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिएको जनकपुरले शनिबार सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै इतिहासमा नाम लेखाउन सफल भएको हो ।

जितसँगै जनकपुरले १ करोड १० लाख नगद पुरस्कारसँगै ट्रफी हात पारेको छ ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवासमेत सहभागी भएका थिए ।