सम्मानित अदालत ! तिमीप्रतिको आस्था र अभिवादन फिर्ता लिन मिल्छ कि मिल्दैन ?
सम्मानित अदालत !
तिमीप्रतिको आस्था र अभिवादन
फिर्ता लिन मिल्छ कि मिल्दैन ?
कानूनका कितावमा
तिमीले के पढ्यौ के पढायौ
म जान्दिन, जान्दै जान्दिन
“नेपाली जनयुद्द”को जीवित इतिहास
तिमीले नपढेको म मान्दै मान्दिन।
आस्थाकाे बेञ्च सामुन्ने
कुन प्रेतात्मा बौरी उठ्यो श्रीमान्
तिमीले “जनयुद्द” शब्द चिन्दै चिनेनौ
अध्यारा कुनाको कुन आदेशका अगाडी
मेरो आस्थाको जनादेश किन सुन्दैसुनेनौ ?
सम्मानित अदालत !
तिमि प्रतिको आश्था र अभिवादन
फिर्ता लिन मिल्छ कि मिल्दैन ?
यो जमिन हल्लिएको
आकाश गर्जिएको
विष्णुका अबतार भनिएका महाराजा
पाताल मुनि पुगेको
के ले हो श्रीमान ?
रैती रुपका प्राणी
स्वाभिमानी मानव बनेको
कथा, कबिता , उपन्यास
केहि पनि पढेनौ श्रीमान ?
शरदको पुष्प गुच्छा
शीरमा सिउर्यौ मात्रै श्रीमान्
सयपत्रीका जरा अड्याउने
रक्तिम माटोको सम्मान गरेनौ।
तिमि प्रतिको आश्था र अभिवादन
फिर्ता लिन मिल्छ कि मिल्दैन ?
श्रीमान्
बुझिराख
यो ब्रम्हाण्डमा
एक पृथ्वी छ
त्यो पृथ्वीमा
एक नेपाल देश छ
त्यो देशमा एक क्रान्ति छ
तिम्रो बिबेकको निधन भएपनि
“जनयुद्द”बाट जन्मेको “क्रान्ति” जीवित छ।
जनयुद जिन्दाबाद !!!
जनयुद्द दिवस कोटी कोटी मुटुले
हरेक चोटी मनाउने छौ ,
हजार बर्ष मनाउने छौ !!