साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेता, बंगलादेशले लियाे उपाधि

मूलखबर संवाददाता
काठमाडौं, १४ कात्तिक २०८१

नेपाल साफ महिला फुटबल च्याम्पियनसिपमा उपविजेता बनेकाे छ । नेपालमा बुधबार सम्पन्न फाइनल खेलमा बंगलादेश  २ गाेलसहित विजेता बन्दा नेपाल १ गाेलसहित उपविजेता बनेकाे हाे ।

बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रिएकाे थियाे ।

सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको थिएन ।  जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बङ्गलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर रहेको थियाे । तर यसपटक पनि सफल हुन सकेन ।

यसअघिका छमध्ये पाँच संस्करणमा नेपाल उपविजेतामा सीमित भएको थियो । जसमा भारतसँग चार पटक र बङ्गलादेशसँग एकपटक पराजित हुन पुगेकाे थियाे जुन यसपटक पनि दाेहाेरिएकाे छ ।  एउटा संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो ।

दशरथ रंगशालामा खचाखच भरिएका दर्शक र टिकट नपाएर टुँडिखेल, चावहिल तथा घरमा टिभी र यट्युव तथा सामाजिक सञ्जालमा लाइभ हेर्ने करोडौं नेपालीहरू नेपाली टिम वजेता बनन नसकेकोमा दुखि भएका थिए । तर पनि राम्रो खेल प्रदर्शन गरेकोमा धन्यवाद दिएका छन् ।

बङ्गलादेशमा भएको पहिलो संस्करणमा नेपाल उपविजेता बनेको थियो ।