आज माओवादी केन्द्रले काठमाडौंमा खबरदारी सभा गर्दै

मूलखबर संवाददाता
काठमाडौं, १० कात्तिक २०८१

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गर्दैछ । माओवादी केन्द्रले सरकारले गरेको भ्रष्टाचार र बेथितिकाे विरूद्व हजारौं जनसमुदायको उपस्थितिमा खबरदारी सभा गर्न लागेकाे बताएको छ । उसले  राजधानीमा विशाल जनप्रदर्शन र खबरदारी सभाकाे तयारी पुर्ण भएको जनाएको छ ।

राजधानीकाे भृकुटीमण्डपमा खबरदारी सभा गर्न लागेकाे हाे । उसले सभामा ३० हजार भन्दा बढिकाे सहभागीता हुुने बताएको छ । माओवादी केन्द्रकाे राजधानी केन्द्रीत ३ प्रदेश बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशकाे मुख्य सहभागीता रहने जनाएको छ ।

सभा पुर्व बिहान ११:३० बजे सुन्धाराबाट र्याली र जुलुस शुरू हुने र १ बजे भृकुटीमण्डपमा खबरदारी सभा हुने बताइएको छ । जुलुस सुन्धाराबाट रत्नपार्क, बागबजार, पुतलीसडक, पद्माेदय मार्ग हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ । जुलुसमा पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य सहित तीनवटै प्रदेशका पार्टी सदस्य र सार्थक शुभचिन्तक जनसमुदायको सहभागीता रहने उपत्यका  विशेष प्रदेश समिति अध्यक्ष जगत सिंखडाले जानकारी दिए ।

माओवादी केन्द्रकाे खबरदारी सभाकाे तयारी कस्तो छ ? सडक जाम नगर्ने, पैसा खर्च गरेर मान्छे नल्याउने