समान ४० स्वर्ण पाउँदा ओलम्पिकमा अमेरिका पहिलोे चिन दोश्रो

मूलखबर संवाददाता
काठमाडौं, २८ साउन ।

पेरिसमा सम्पन्न ओलम्पिक २०२४मा अमेरिकाले प्रथम स्थान जित्न सफल भएको छ प्रतिस्पर्धामा समान ४) स्वर्ण पाउँदा पनि चीन दोश्रो स्थानमा पुगेको छ ।

पेरिस ओलम्पिकको अन्तिम दिन अमेरिकाले महिला बास्केटबलमा रोमाञ्चक स्वर्ण जितेपछि पदकतालिकामा चीनलाई पछि पारेको हो ।
पेरिस ओलम्पिकमा २०६ राष्ट्र सहभागी भएकोमा ९१ राष्ट्रले पदक जितेका थिए ।

अमेरिकाले ४० स्वर्ण ४४ रजत र ४२ कांस्य सहित १२६ पदक जित्दा चीनले ४० स्वर्ण २७ रजत र २४ कांस्यसहित ९१ पदक जितेको थियो । अमेरिका र चीनले समान ४० स्वर्ण जित्दा पनि रजत पदक धेरै जितेको आधारमा अमेरिका पहिलो बनेको हो ।
दुई साताभन्दा धेरै दिन चलेको ओलम्पिकमा अमेरिका र चीनको अगाडि रहने भन्ने प्रतिस्पर्धा चलिरहेकोमा अन्तिम दिन अमेरिकाले बाजी मारेको हो ।

प्रतियोगितामा जापानले तेश्रो स्थान हासिल गरेको छ । जापानले २० स्वर्ण १२ रजत र १३ कांस्यसहित ४५ पदक जितेको छ । त्यसैगरी अष्ट्रेलियाले १८ स्वर्ण १९ रजत र १६ कांस्य ५३ पदक जोडेर चौथो स्थान हात पार्न सफल हुँदा आयोजक फ्रान्स पाँचौ स्थानमा सिमित रहन पुग्यो । फ्रान्सले १६ स्वर्ण २६ रजत र २२ कांस्यसहित ६४ पदक जितेको थियो ।