यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
महिला भलिबलमा नेपालकाे सानदार जीत, भारत पराजित. मूलखबर संवाददाता काठमाडौं, १९ साउन भलिबल खेलकाे प्रतियोगितामा नेपालले भारतलाई पहिलोपटक पराजित गरेको छ ।. नेपाल र भारत सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा नेपालले भारतलाई पराजित गरेको हाे । शनिबार त्रिपुरेश्वरस्थित कबर्ड हलमा भएको प्रतिस्पर्धामा ३-२ को सेटमा नेपालले भारतलाई हराएको हो ।. नेपाल र भारतबीचको खेलले सन् २०१९ मा भएको १३ औं दक्षिण एसियाली खेलकुदको फाइनललाई बिर्साउँदै यस पटक सफलता हात पारेको हो ।. त्यतिबेला पनि भारतले अन्तिममा खेल जितेर नेपालबाट स्वर्णपदक खोसेको थियो । पहिलो दुई सेट जितेर स्वर्ण पदक नजिक पुगेको नेपाल अन्तिममा पराजित भएको थियो ।. भारतले शुक्रबार माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरी नेपालसँगको खेललाई तयारी पूरा गरेको थियो । भारतले माल्दिभ्सको चुनौती सजिलै पन्छाउने क्रममा २५–६, २५–११, २५–१० को नतिजा निकालेको थियो । भारतले पहिलो दिन इरानमाथि २५–२०, २५–१८, १९–२५, २५–११ ले सेट जितेको थियो ।.
महिला भलिबलमा नेपालकाे सानदार जीत, भारत पराजित
मूलखबर संवाददाता
काठमाडौं, १९ साउन
भलिबल खेलकाे प्रतियोगितामा नेपालले भारतलाई पहिलोपटक पराजित गरेको छ ।
नेपाल र भारत सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा नेपालले भारतलाई पराजित गरेको हाे । शनिबार त्रिपुरेश्वरस्थित कबर्ड हलमा भएको प्रतिस्पर्धामा ३-२ को सेटमा नेपालले भारतलाई हराएको हो ।
नेपाल र भारतबीचको खेलले सन् २०१९ मा भएको १३ औं दक्षिण एसियाली खेलकुदको फाइनललाई बिर्साउँदै यस पटक सफलता हात पारेको हो ।
त्यतिबेला पनि भारतले अन्तिममा खेल जितेर नेपालबाट स्वर्णपदक खोसेको थियो । पहिलो दुई सेट जितेर स्वर्ण पदक नजिक पुगेको नेपाल अन्तिममा पराजित भएको थियो ।
भारतले शुक्रबार माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरी नेपालसँगको खेललाई तयारी पूरा गरेको थियो । भारतले माल्दिभ्सको चुनौती सजिलै पन्छाउने क्रममा २५–६, २५–११, २५–१० को नतिजा निकालेको थियो । भारतले पहिलो दिन इरानमाथि २५–२०, २५–१८, १९–२५, २५–११ ले सेट जितेको थियो ।