एमालेलाई कांग्रेससँगकाे गठबन्धन किन चाहियाे ?

लेखनाथ न्याैपाने

एमालेलाई कांग्रेससँगकाे गठबन्धन किन चाहिएकाे हाे ?
कांग्रेस सरकार बाहिर थियाे, उ जसरी पनि सरकारमा जान चाहन्थ्याे र एमालेसँग मिलेर हामीलाई प्रचण्डले धाेका दियाे भन्ने मात्र हाेइन बेचन झा गिरफ्तारी सँगै कांग्रेसकाे हेडक्वाटर पनि तानिने निश्चित जस्तै थियाे । त्यसकारण उसलाई प्रचण्ड नेतृत्व सरकार भत्काउनु थियाे ।

तर एमालेलाई ?
एमालेकै पहलमा बनेकाे पछिल्लो गठबन्धन र यसैमार्फत ओली प्रधानमन्त्री बन्न सक्थे सम्भावना समेत थियाे, अब त उनलाई प्रम बनाउने कांग्रेसकाे ललिपप प्रचण्डले संसदकाे सामना गर्ने भन्ने प्रक्रियाले चाख्न नपाउने बनाइदियाे । किनकि संविधानकाे धारा ७६, २ अनुसार बनेकाे सरकारले विश्वासको मत लिन नसक्दा स्वत् प्रक्रिया ७६, ३ मा प्रवेश गर्छ, जुन ओली प्रतिकुल बन्छ ।

एमालेले यसाे गर्नाका कारण
पहिलाे, नेकपा कालकाे बदला लिने पर्खाईमा थिए ओली । यसकाे पहिलाे प्रक्रिया माओवादी-कांग्रेस गठबन्धन टुटाउने र त्यसपछि उपयुक्त समयमा प्रचण्डलाई उत्तानाे पार्ने थियाे, यही गर्न खाेजे ।
दाेस्राे, भ्रष्टाचारका फाइलहरुका कारण उस्तै उस्तै मिलेर खुलेका फाइलहरु राेक्ने सहमतिले काम गरेकाे हुन् सक्छ/ देखिन्छ ।
तेस्राे, कांग्रेस-एमालेलाई ०७२ काे भन्दा ०४७ सालकाे संविधान बढी मन परेकाे पक्का हाे । संविधान संशोधनको नाममा संविधानसभाले बनाएकाे संविधानलाई अन्तरवस्तुका हिसाबले ०४७ कै संविधानमा फर्काउने पश्चगामी मानिसकताले काम गरेकाे हुनसक्छ/ देखिन्छ ।
नत्र किन आवश्यक भयाे कांग्रेससँगकाे गठबन्धन ?

(न्याैपाने पुर्व विद्यार्थी नेता तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् )