यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
यसपटकको लगानी सम्मेलन किन फरक छ ? यसपटकको लगानी सम्मेलन किन फरक छ? मूलखबर संवाददाता काठमाडौं, १७ बैसाख यसअघिका लगानी सम्मेलनभन्दा यसपटकको तेस्रो लगानी सम्मेलन यस अर्थमा फरक छ कि,. १. यसपटक सरकारले निजी क्षेत्रसँग बलियो सहकार्य र सहयात्राको नीति लिएको छ।. २. सम्मेलनअघि लगानी भित्राउन बाधक देखिएका ८ वटा ऐनहरू संशोधन गरिसकेको छ।. ३. यसपटक विगतभन्दा धेरै मुलुकका विशिष्ट लगानीकर्ताहरू सम्मेलनमा सहभागी भएका छन्।. ४. लगानीका लागि परियोजनाहरूको छनोट र मूर्तिकरण गरिएको छ।. ५. परियोजनाहरूको काम सरलीकृत गरिएको छ।. ६. समष्टिगत आर्थिक परिसूचकहरूमा राम्रो सुधार आएकाले विश्वासको वातावरण बन्दै गएको छ।. ७. राजनीतिक तहमा लगानीमैत्री नीति र वातावरणका निम्ति उच्चस्तरको समझदारी कायम भएको छ।. यसर्थ, तेस्रो लगानी सम्मेलन लगानी प्रवर्धनका निम्ति कोशेढुंगा हुने विश्वास छ।.
यसपटकको लगानी सम्मेलन किन फरक छ ?
मूलखबर संवाददाता
काठमाडौं, १७ बैसाख
यसअघिका लगानी सम्मेलनभन्दा यसपटकको तेस्रो लगानी सम्मेलन यस अर्थमा फरक छ कि,
१. यसपटक सरकारले निजी क्षेत्रसँग बलियो सहकार्य र सहयात्राको नीति लिएको छ।
२. सम्मेलनअघि लगानी भित्राउन बाधक देखिएका ८ वटा ऐनहरू संशोधन गरिसकेको छ।
३. यसपटक विगतभन्दा धेरै मुलुकका विशिष्ट लगानीकर्ताहरू सम्मेलनमा सहभागी भएका छन्।
४. लगानीका लागि परियोजनाहरूको छनोट र मूर्तिकरण गरिएको छ।
५. परियोजनाहरूको काम सरलीकृत गरिएको छ।
६. समष्टिगत आर्थिक परिसूचकहरूमा राम्रो सुधार आएकाले विश्वासको वातावरण बन्दै गएको छ।
७. राजनीतिक तहमा लगानीमैत्री नीति र वातावरणका निम्ति उच्चस्तरको समझदारी कायम भएको छ।
यसर्थ, तेस्रो लगानी सम्मेलन लगानी प्रवर्धनका निम्ति कोशेढुंगा हुने विश्वास छ।