उपप्रधानमन्त्री यादव र मन्त्री सुडीद्धरा शपथग्रहण
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपप्रधानमन्त्री उपेन्द्र यादव र मन्त्री नवलकिशाेर साह सुडीले मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्री पदको शपथ ग्रहण गर्दै मन्त्री नवलकिशाेर साह सुडी
आइतबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष मन्त्रीद्वयले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको शपथ लिनुभएको जानकारी प्रवक्ता शैलजा रेग्मी भट्टराईले दिनुभयो ।
राष्ट्रपतिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा उहाँहरूलाई उपप्रधान तथा मन्त्री पदमा नियुक्त गर्नुभएको हो ।