यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
लेवनानलाई हराउँदै नेपाल फाइनलमा, बधाई छ नेपाली महिला टिम ! लेवनानलाई हराउँदै नेपाल फाइनलमा, बधाई छ नेपाली महिला टिम! मूलखबर संवाददाता काठमाडौं, १६ फागुन नेपाली महिला खेलाडीले लेवनानविरूद्वकाे खेलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका छन् । साउदी अरेबियामा भइरहेको वाफ च्याम्पियनसिपमा नेपालले १ काे विरूद्व दुई गाेल गर्दै विजेता बनेकाे हाे ।. दोस्रो हाफको इन्जुरी समयमको अन्तिममा प्रिती राईले गरेको गोलमा लेवनानविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै नेपाल साउदी अरेबियामा भइरहेको वाफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हाे। नेपालले अब उपाधिका लागि साविक विजेता जोर्डनको सामना गर्नेछ ।. जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडिययमा भएको दोस्रो सेमिफाइनलमा नेपालले एक गोलले पछि परेको स्थितिबाट पुनरागमन गरेको हो ।. खेलको ३८औं मिनेटमा नेपालले आत्मघाती गोल गरेपछि लेवनानले अग्रता लिएको थियो ।डिफेण्डर पुजा रानाले गोलकिपर एन्जिला तुम्बापोलाई दिएको ब्याक पास गोल हुँदा नेपाल पछि परेको थियो ।. निर्धारित समयमको खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला प्रिती राईले अन्तिम समयमा गोल गर्दै जित दिलाइन् । ५ मिनेटको इन्जुरी टाइमको अन्तिममा नेपालले कर्नर पाएको थियो । कर्नर बल लेवनानका खेलाडीले क्लियर गर्न नसकेपछि पेनाल्टी बक्स बाहिर प्रितीले प्राप्त गरिन् र उनले हानेको लङ सट सीधै गोलमा परिणत भयो ।.
लेवनानलाई हराउँदै नेपाल फाइनलमा, बधाई छ नेपाली महिला टिम !
मूलखबर संवाददाता
काठमाडौं, १६ फागुन
नेपाली महिला खेलाडीले लेवनानविरूद्वकाे खेलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका छन् । साउदी अरेबियामा भइरहेको वाफ च्याम्पियनसिपमा नेपालले १ काे विरूद्व दुई गाेल गर्दै विजेता बनेकाे हाे ।
दोस्रो हाफको इन्जुरी समयमको अन्तिममा प्रिती राईले गरेको गोलमा लेवनानविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै नेपाल साउदी अरेबियामा भइरहेको वाफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हाे। नेपालले अब उपाधिका लागि साविक विजेता जोर्डनको सामना गर्नेछ ।
जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडिययमा भएको दोस्रो सेमिफाइनलमा नेपालले एक गोलले पछि परेको स्थितिबाट पुनरागमन गरेको हो ।
खेलको ३८औं मिनेटमा नेपालले आत्मघाती गोल गरेपछि लेवनानले अग्रता लिएको थियो ।डिफेण्डर पुजा रानाले गोलकिपर एन्जिला तुम्बापोलाई दिएको ब्याक पास गोल हुँदा नेपाल पछि परेको थियो ।
निर्धारित समयमको खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला प्रिती राईले अन्तिम समयमा गोल गर्दै जित दिलाइन् । ५ मिनेटको इन्जुरी टाइमको अन्तिममा नेपालले कर्नर पाएको थियो । कर्नर बल लेवनानका खेलाडीले क्लियर गर्न नसकेपछि पेनाल्टी बक्स बाहिर प्रितीले प्राप्त गरिन् र उनले हानेको लङ सट सीधै गोलमा परिणत भयो ।