यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
जिन्दगी. लक्ष्मी पाैडेल खै के मिल्दैन, सोचेजस्तै हुन्न यो कस्तो खाले जिन्दगी त्यति सजिलो कहाँ छ र छोरी? भन्नुहुन्थ्यो बाले जिन्दगी. हाँसी खुसी रहेकाहरु कतिबेला रुँदै बाँच्नुपर्छ थाहै नहुने सायद रोएर बाँच्न नसक्नेहरुले अनाहकमै फाले जिन्दगी. दु:ख सुख सजिला अप्ठ्यारा हण्डर-ठक्कर सबै सहनुपर्छ आमा सधैँ भन्नुहुन्छ, यो अनुभव हो छोरी सम्हाले जिन्दगी. गीतैजस्तो भो जिन्दगी, खुसी फाट्यो मनै फाट्यो फाटिरह्यो फाटिरहन्छ, टालिरहन्छु एकैठाउँमा कतिपटक टालेँ जिन्दगी. यसै भएन, उसै भएन, म मेरै बाटो गर्छु तँ तेरै बाटो गर् छैन गुनासो छैन, जस्तोसुकै भइजाओस् अब साले जिन्दगी! २१ माघ २०८०.
जिन्दगी
लक्ष्मी पाैडेल
खै के मिल्दैन, सोचेजस्तै हुन्न यो कस्तो खाले जिन्दगी
त्यति सजिलो कहाँ छ र छोरी ? भन्नुहुन्थ्यो बाले जिन्दगी
हाँसी खुसी रहेकाहरु कतिबेला रुँदै बाँच्नुपर्छ थाहै नहुने
सायद रोएर बाँच्न नसक्नेहरुले अनाहकमै फाले जिन्दगी
दु:ख सुख सजिला अप्ठ्यारा हण्डर-ठक्कर सबै सहनुपर्छ
आमा सधैँ भन्नुहुन्छ, यो अनुभव हो छोरी सम्हाले जिन्दगी
गीतैजस्तो भो जिन्दगी, खुसी फाट्यो मनै फाट्यो फाटिरह्यो
फाटिरहन्छ, टालिरहन्छु एकैठाउँमा कतिपटक टालेँ जिन्दगी
यसै भएन, उसै भएन, म मेरै बाटो गर्छु तँ तेरै बाटो गर्
छैन गुनासो छैन, जस्तोसुकै भइजाओस् अब साले जिन्दगी !
२१ माघ २०८०