तिहारमा कुन गीत सबैभन्दा हिट, यी हुन हरेक वर्ष घन्किने तिहार गीत (भिडियोसहित)

मूलखबर संवाददाता
काठमाडौं

तिहारको समयमा देउसीभैलो गीतले थप रौनक आउँछ । तिहार भन्नेबित्तिकै केही गीत आमनेपालीको मानसपटलमा गुन्जिन थाल्छन् । यसरी रुचाइने गीतमा नयाँभन्दा पुरानै धेरै छन् ।

सर्जकहरूले तिहारलक्षित गरेर बर्सेनि थुप्रै गीतहरू ल्याउँदै आएका छन् । यद्यपि, पुराना गीतहरूजस्तो लोकप्रियता नयाँले पाउन सकेका छैनन् । तिहारका केही सदाबहार गीत छन्, जुन हरेक वर्ष गुञ्जिँदै आएका छन् । तिहारका सदाबहार गीतमा चलचित्रका गीतहरूको वर्चश्व छ ।

 तिहारको सबैभन्दा चर्चित गीत हो, ‘तिहारै आयो लौ झिलिमिली…’ । यो चलचित्र ‘स्वर्ग’मा समावेश गीत हो । यसको शब्द यादव खरेलले लेखेका हुन् । शम्भुजित बाँस्कोटाको संगीत रहेको गीतमा लोचन भट्टराई र नूतन प्रधानको स्वर छ ।

शम्भु प्रधानको निर्देशन रहेको ‘स्वर्ग’ २०५१ सालमा प्रदर्शनमा आएको हो । फिल्म सार्वजनिक भएको झण्डै ३ दशकसम्म पनि यसमा रहेको ‘तिहारै आयो…’उत्तिकै गुञ्जिने गरेको छ । तिहार नजिकिएसँगै यत्रतत्र–सर्वत्र यो गीत बज्न सुरु हुन्छ । यो गीत नगुञ्जिएसम्म तिहार आएको भान नै नहुने समेत कतिपय बताउँछन् ।

यसको भिडियोमा शिव श्रेष्ठ र गौरी मल्ल देखिएका छन् । नयाँ पुस्तामाझ समेत गीत चर्चित छ । युट्युबमा समेत गीतले निकै राम्रो भ्युज पाएको छ । तिहारको अर्को सदाबहार गीत हो, दियो बाली साँझको…।

तिहारमा धेरै सुनिने गीत–

‘तिहारै आयो, लौ झिलिमिली
सुन हजुर, भैलिनी आइन् आँगन…’

यादव खरेलको शब्दरचना रहेको यो गीतमा शम्भुजित बास्कोटाले संगीत भरेका हुन् । चलचित्रमा देउसीभैलो गीत राख्ने चलन पुरानै हो । ‘बदलिँदो आकाश’, ‘सम्झना’मा पनि देउसीभैलो गीत समेटिएको थियो ।

दियो बाली साँझको
फूल सजाई पूजाको…’

काठमाडौं । हिन्दु धर्ममा तिहारको मौलिक परम्परा, संस्कार र संस्कृति छ । धार्मिक र पौराणिक रूपमा सुरु भएको तिहारसँग सम्बन्धित थुप्रै गीतसंगीत छन् । विभिन्न समयमा सर्जक एवं स्रस्टाले तिहारलाई गीतसंगीतमा समेटेका छन् ।

तिहारका देउसीभैलो गीतले यो चाडमा थप सुगन्ध थपेको छ । तिहार भन्नेबित्तिकै केही गीत आमनेपालीको मानसपटलमा गुन्जिन थाल्छन् । यसरी रुचाइने गीतमा नयाँभन्दा पुरानै धेरै छन् ।

पछिल्ला वर्षहरूमा पर्व गीत नगाइएका होइनन्, चाहे तिज होस् अथवा दसैँ र तिहार । तर, तिनले पर्वका पुराना गीतको लोकप्रियतालाई उछिन्न सकेका छैनन् । महँगो स्टुडियो, सुलभ प्रविधि र भिडियो निर्माणमा उदार भएर खर्च गर्ने लगानीकर्ता भेटिए पनि तिहारका पुरानाका तुलनामा नयाँ गीत फिका प्रायः छन् ।

स्रोताले आफ्नै मानेर स्वीकार गरेका गीत मात्र सदाबहार हुने गीतकार यादव खरेल बताउँछन् । गीतमा जीवन, जगत् र प्रकृति हुनुपर्ने तथा त्यसमा समेटिएको कथा र भाव स्रोतालाई आफ्नै लागे मात्र सदाबहार हुने उनको अनुभव छ ।

“गीतमा कला र संस्कृतिको कथा हुन्छ, त्यसले स्रोतालाई छुनुपर्छ । गीतले जुन कथा भनेको हो, त्यसलाई स्रोताले यो त मेरै संस्कृतिको भाग हो, मेरै कथा हो भन्ने अनुभूत गर्नुपर्छ,” गीतकार खरेल भन्छन्, “यो कुराले जति धेरै दर्शकलाई छुन्छ, त्यति नै त्यो गीत लामो समय रहन्छ । भएन भने पानी परेर एकैछिनमा ओभानो भएजस्तो हुन्छ ।”

केही गीत राम्रा भए पनि स्रोतामा जाने माध्यम धेरै भएकाले सबैको ध्यान त्यसमा नखिचिने उनको बुझाइ छ । त्यसले राम्रै गीत समेत ओझेलमा पर्ने गरेको उनी बताउँछन् ।

‘निधारमा लर्काएर सप्तरंगी टीका
हिँडिरहू सधैँ तिमी शिखरको बाटो…’

वर्षमा दिनमा लैलै…’
यो पनि अर्को लोकप्रिय पर्व गीत हो । दसैँ र तिहारमा बजाइने ‘नयाँ’ गीतमा यो लोकप्रियमध्येमा पर्छ । दसैँ र तिहार दुवै पर्वलाई समेटिएको यो गीत रवि श्रेष्ठले लेखेका हुन् । सुगम पोखरेलको स्वर छ ।

राजु लामाको स्वर, शुक गुरुङको शब्द/संगीत रहेको ‘भाइटीकामा भेट्न आउँला’ गीत पनि तिहारमा धेरै घन्किने गीतमा पर्छ । तीन वर्षअघि मात्रै सार्वजनिक तिहार विशेष गीत ‘सप्तरंगी टीका’ पनि निकै रुचाइएको छ ।

दाजु बहिनीको सम्बन्धसँगै लाहुरेको कथा समेटिएको ‘दाइ त मेरो लाहुर जाने’ चर्चित दशैं–तिहार गीत हो । वर्षांै पुरानो यो गीत अहिले पनि चर्चित छ । ‘पैयुँ फुल्दा त्यो लेकलेक’ तिहारसँग जोडिएको विरहको कथामा बनेको लोकप्रिय गीत हो । ‘भैलेनी आयौँ आगँन गुनियाँ चोलिया मागन’, ‘आहै झिलिमिलि भिलिमिलि’लगायतका तिहार विशेष गीतहरू पनि स्रोता–दर्शकले निकै रुचाएका छन् ।