राजधानीमा सत्तारूढ दल एमालेकाे प्रदर्शन र सभा
सत्तारूढ दल नेकपा एमालेले राजधानीमा प्रदर्शन र सभा गरेको छ ।
काठमाडौंको दरबारमार्गमा भएको एमालेको जनजागरण सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले वर्तमान सरकार देश र जनताको पहरेदारको रुपमा रहेको दाबी गरेका छन् ।
उनले एमाले र नेपाली कांग्रेस प्रतिस्पर्धी पार्टी भएपनि अहिले मुलुकका लागि एक ठाँउमा उभिएको बताए । ‘एमाले र कांग्रेस प्रतिस्पर्धी पार्टी हुन् । तर कांग्रेस र एमाले किन एक ठाउँमा छन् किन भने अहिले हामीबीचको प्रतिस्पर्धाभन्दा एकता चाहिन्छ । अराजकताको स्थिति ल्याउन खोजिएको छ ।