विश्वकप छनौटमा लाओससँग नेपालको बराबरी, अञ्जन कीर्तिमानका साझेदार
फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको पहिलो चरणको खेलमा नेपाल र लाओसले एक एक गोलको बराबरी खेलेका छन्। दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले एक गोलले पछि परेको स्थिति उल्टाएको थियो। खेलमा लाओसका कप्तान बुङकोङले ३३ मिनेटमा गोल गर्दा घरेलु दर्शक स्तब्ध बनेका थिए।
तर दोस्रो हाफमा नेपालका लागि अञ्जन बिष्टले बराबरी गोल गर्दै नेपालको हार टारे। उनले बराबरी गोलसँगै नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबरी गरेका छन्।
पहिलो हाफमा लाओसले अग्रता बनाएको थियो। उसले खेलको ३३ औं मिनेटमा अग्रता बनायो। नेपालको डिफेन्सलाई चिर्दै बम्पचाङ बउन्कोनले गोल गरे। दोस्रो हाफको सुरुमा अञ्जनले बराबरी गोल फर्काए। उनले खेलको ४७ औं मिनेटमा गोल गरेका हुन्।
अञ्जनले खेलको ४९ मिनेटमा गोल गरेका थिए। अञ्जनले ९ वर्ष राष्ट्रिय टिमबाट खेल्दा १३ गोल गरेका हुन्। उनले हरि खड्का र नीराजन रायमाझीको १३ गोलको कीर्तिमान बराबरी गर्न सफल भए।
नले नेपाली सिनियर राष्ट्रिय टोलीबाट चाइनिज ताइपेइविरुद्ध ३, बंगलादेशविरुद्ध ४ तथा इराक, भारत, श्रीलंका, कुवेत र पाकिस्तानविरुद्ध समान १ गोल गरेका छन्।
बिहिबार दशरथ रंगशालामा लाओसविरुद्ध भएको खेलमा गोल गरेर अञ्जनले हरि खड्का र निराजन रायमाझीको डेढ दशकअघिको सर्वाधिक गोलको कीर्तिमानी बराबरी गरेका हुन्। हरि र निराजनसँगै अञ्जनले पनि गोल संख्या १३ पुर्याएका छन्।
अब नेपाल र लाओसबीचको दोस्रो लेगको खेल १७ अक्टोबरमा लाओसमा हुनेछ।