जाेखियाे पशुपतिकाे जलहरी : यस्तो आयाे प्रारम्भिक रिपोर्ट
पशुपतिनाथको जलहरीमा राखिएको सुन जाेख्ने काम सकिएकाे बताइएको छ । संसदमा समेत यश विषयमा कुरा उठेपछि सुनकाे अनुसन्धान गर्न अख्तियार टाेलि पुगेको थियाे । जलहरिमा झन्डै एकसय साढे सात केजि सुन भएको पाइएको छ । पशुपति क्षेत्र विकास कोष, अख्तियार, नेपाली सेना, सुन चादी व्यवसायी महासंघ, नेपाल प्रहरी, पशुपतिनाथका पुजारीलगायतको रोहवरमा साेमबार बिहान २ बजे गरिएको नापतौलमा १०.४३२५ केजी सुन जलहरीसहित रिङ र बेल्टमा प्रयोग भएको र किला काटीमा १.०३७५ केजि सुन प्रयोग भएको पुष्टि भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
जलहरीमा प्रयोग भएको सुन मध्ये १०७.९५३ केजि २४ क्यारेट सुन हो । त्यसमा तामापितल थप गरि २२ क्यारेटको १०८ केजि जलहरीमा प्रयोग भएको थियो ।
दुई वर्ष चार महिनाअघि निर्माण गरिएको जलहरीको सुनको तौलबारे सुरुदेखि नै विवाद छ । जलहरी राख्दा करिब ११ किलो सुन अनियमितता भएको आरोप लाग्दै आएको छ । अख्तियारमा मुद्दा विचाराधीन थियो भने महालेखापरीक्षक कार्यालयले पनि आफ्नो ५९औँ वार्षिक प्रतिवेदनमा यसबारे प्रश्न उठाएको थियो । पछिल्लो समय संसद्मा समेत यस विषयमा चर्काचर्की भएपछि अख्तियारले फाइल पल्टाएर छानबिन अघि बढाएको हो ।
अख्तियारले अनियमितता विवादलाई टुंगो लगाउन आइतबार मन्दिरको गर्भगृहबाट जलहरी निकालेर सुन जोख्ने प्रक्रिया थालेको हो । नेपाल प्रहरी, पशुपति क्षेत्र विकास कोष, नेपाल सुनचाँदी व्यवसायी महासंघ, पशुपतिका पुजारी, जनप्रतिनिधिलगायतको रोहवरमा अख्तियारका सहसचिव शेरजंग कार्की नेतृत्वको टोलीले सिसिटिभी राखेर जलहरीमा प्रयोग भएको सुन जोखिरहेको छ ।
भएको भन्दै महालेखापरीक्षक कार्यालयले आफ्नो ५९औँ वार्षिक प्रतिवेदनमा प्रश्न उठाएको थियो । जलहरी बनाएर बाँकी रहेको सुनको सम्बन्धमा महालेखाको प्रश्न थियो । पशुपति शिवलिंगको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि आर्थिक वर्ष ०७७/७८ मा नेपाल राष्ट्र बैंकबाट ८० करोड ११ हजारमा एक सय तीन किलो ७७३ ग्राम सुन खरिद गरिएको थियो । विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण गर्दा तामा दुई किलो ८९० ग्राम, चाँदी एक किलो २४९ ग्राम, जिंक १२.७५ ग्रामसमेत प्रयोग गरी एक सय सात किलो ९२४.७५ ग्राम सुन कायम गरिएको थियो ।
टोलीले मध्यरातिसम्म पनि सुन जोख्ने काम सकेको छैन । ‘हामी यहीँ छौँ, काम जारी छ, बाँकी कुरा अहिले केही पनि बोल्न मिल्दैन,’ टोलीमै रहेका गौरीशंकर पराजुलीले भने ।दुई वर्षअघि परेको उजुरीमा छानबिन अघि बढाउँदै अख्तियारले त्यतिवेलै निर्णय प्रक्रियामा संलग्न कोषका पदाधिकारी तथा कर्मचारीसँग बयान पनि लिएको थियो । तर, मन्दिरभित्रको जलहरीको तौल लिन समस्या भएपछि अनुसन्धान रोकिएको थियो ।
गम्भीर विषयमा समेत अख्तियारले गहन अनुसन्धान नगरेको भन्दै सदनमै प्रश्न उठेपछि जलहरी नै निकालेर तौल लिने प्रक्रिया थालिएको हो । यसरी जलहरी निकाल्नुअघि मन्दिरमा क्षमापूजा गरिएको थियो । आइतबार अपराह्नदेखि सर्वसाधारणलाई मूल मन्दिर जान रोक लगाई जलहरी निकालिएको थियो । त्यसपछि तौल लिन थालिएको हो ।