विद्यालय शिक्षक र कर्मचारीसँग गरिएका सहमति कार्यन्वयन गरियाेस् : देवेन्द्र पाैडेल
प्रतिनिधि सभा सदस्य एवम् पुर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पाैडेलले विद्यालयका इसिडि शिक्षक र कर्मचारीसँग राज्यले गरेको सहमति कार्यन्वयन गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
संसदकाे शुक्रबारकाे बैठककाे शून्य समयमा बाेल्दै पुर्व मन्त्री पाैडेलले २०७८ सालमा भएका सहमति हरू कार्यन्वयन हुनुपर्ने बताउनुभयाे । उहाँले सहमतिका मसिहरू त्यतिकै सुक्न नहुने बताउनुभयो ।
उहाँले संसदमा विषयमा संसदमा लगातार कुरा उठिरहेको भएपनि कुनै सुनुवाइ नहुनु गम्भीर भएको भन्दै उनिहरूकाे माग सम्वाेधन हुनुपर्ने बताउनुभयाे । उहाँले शैक्षिक सुधार, विद्यालय सुधार र शिक्षक कर्मचारीका समस्या सुधारका लागि गरिएका सहमतिहरू ऐतिहासिक भएको पनि स्मरण गराउनुभयाे ।
शिक्षक र कर्मचारीहरू अहिले पनि तलब बृद्वी, शैक्षिक गुणस्तरमा सुधार, विद्यालय सुधारलगायतका माग राखि आन्दोलनरत छन् ।