सरकार नेपालभित्रै गुणस्तरिय शिक्षाको विकास र प्रबर्धनका लागी गम्भिर छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार नेपाल भित्रै गुणस्तरिय शिक्षाको विकास र प्रबर्धनका लागी गम्भिर रुपमा अगाडी बढेको बताएका छन् ।
दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयहरु बीच प्रभावकारी समन्वय र प्रतिस्पर्धालाई बढवा दिदै सरकार अघि बढेको बताए ।
विश्वविद्यालयको अध्यन अध्यापनलाई अनुसन्धानमा आधारित बनाउनुका साथै पाठ्यक्रमलाई समय सापेक्ष बनाउने कुरालाई सरकारले आफ्नो नीति तथा कार्यक्रममा पनि समेटेकोउनले बताए । विश्वविद्यालयका जनशक्तीको क्षमता विकासका लागी सरकारी क्षेत्रका अध्यन अनुसन्धानका कार्यहरु र सरकारी कार्यक्रमका लागी आवश्यक परामर्स सेवा विश्वविद्यालय मार्फत गर्ने व्यवस्था मिलाउन समेत सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ ।
विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डले अध्यन गर्नु, ज्ञान प्राप्त गर्नु र त्यसलाई व्यवहारमा उतार्णु सबैभन्दा महत्वपुर्ण कुरा भएको बताए । आफ्नो क्षमता र गुनस्तर वृद्धी गर्दै जानी हो भने अवसरहरु श्वतः प्राप्त हुदै जाने उनले बताए । अर्को फरक प्रशंगमा बोल्दै प्रधामन्त्री प्रचण्डले आफु भर्खरै मात्र भारत म्रमणबाट आएको भन्दै देशमा समृद्धिको बिहानी ल्याउन आम जनतालाई सशक्त र एकताबद्ध रहेकोे समेत बताए ।
जनताको जिवनस्तर माथी उठाउने, देशलाई मर्यादित, विकसित र आत्मनिर्भर तुल्याउन आफु लागी परेको उनको भनाई छ । सो अवसरमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले सामाजिक एवम् सांस्कृतीक मुल्य मान्यतालाई शिरउपर गर्दै अधिकार कर्तव्यको समानवोध भएमा मात्रै राष्ट्रीय स्वाधिनता र एकताले प्रसंय पाउनेमा जोड दिए ।
गहिरीएर अध्यन गर्दा देशमा सबैभन्दा महत्वपुर्ण संस्कृत शिक्षाको भएको भन्दै यसमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री ‘प्रचण्ड’ को अध्यक्षतामा भएको समारोहमा ५७५ जना विद्यार्थी दीक्षित भएका छन ।
शैक्षिक शत्र २०६७ देखि २०७७ सम्म विद्यावारिधि, आचार्य, शास्त्री, आयुर्वेद स्नातक, एकवर्षे शिक्षाशास्त्रीमा उत्तीर्ण ४ हजार ७ सय ७३ विद्यार्थीहरुमध्ये दीक्षित हुनका लागि आवेदन दिएका ५७५ जना दीक्षार्थी दीक्षित भएका हुन ।