सभामुख घिमिरेकाे असंसदिय शैली : देखिए मामुली एमाले कार्यकर्ता

मूलखबर संवाददाता
काठमाडौं, २२ जेठ

प्रतिनिधिसभाकाे सभामुख सम्माननिय पद हाे । सभामुखले कुनै पनि दलकाे सांसदकाे रूपमा भुमिका ननिभाउने र तटस्थ र स्वतन्त्र हुने भएकोले सम्मानित मानिएको पनि हाे । सभामुखले जुन दलबाट निर्वाचित भएतापनि निर्वाचित भएपछि दलकाे सदस्यता परित्याग गरेको हुन्छ र गर्नैपर्छ । संसद बैठकमा कुनै दलकाे पक्ष लिएको देखिनु हुँदैन ।

तर वर्तमान सभामुख देवराज घिमिरेले साेमबारकाे प्रतिनिधिसभाकाे बैठकमा स्पष्ट रूपमा दलिय पक्षधरता देखाएका छन् । हाल प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फबाट सभामुख उमेदवार बनेर निर्वाचित घिमिरेले संसद बैठकमा देखाएकाे व्यवहारबाट उनी एमालेका प्रतिवद्व कार्यकर्ता प्रतीत हुन्थ्याे ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले रोष्ट्रममा उभिएर प्रश्नकर्ता सांसदहरुलाई धन्यवाद दिँदै शिष्ट भाषामा जवाफ दिन सुरु गरे ।
तर बीचमा एमालेका सांसद सूर्य थापा आफ्नो स्थानबाट उठेर बोल्न थाले । लगत्तै एमालेका अन्य सांसद पनि आफ्नो आसनबाट उठे । संसदीय अभ्यासलाई सभ्य र व्यवस्थित बनाउन सभामुखले प्रधानमन्त्रीले जवाफ दिइरहेको समयमा अन्य सदस्यलाई आफ्नो आसनबाट बस्न आग्रह गर्नुपर्ने भए पनि सभामुखले सांसद थापालाई बोल्न समय दिए ।

सभामुखले पटक पटक एमाले सांसद सुर्य थापा र रघुजि पन्तलाई समय दिइरहे । तर सत्तारूढ दलका हात उठाएर बाेल्न चाहेका कुनै पनि सांसदलाई समय दिएनन् ।

यस क्रममा करिब आधा घण्टाभन्दा बढी प्रधानमन्त्री प्रचण्ड रोष्ट्रममै उभिएर रमिता हेरिरहे । संसदीय अभ्यासका क्रममा प्रधानमन्त्री, प्रमुख प्रतिपक्ष दलको नेताले मात्र होइन, एउटा सामान्य सदस्यले बैठकमा आफ्नो धारणा राखिरहेको समयमा समेत नियमापत्ति बाहेकको अवस्थामा कसैले उठेर प्रतिप्रश्न गर्नु, बैठक सञ्चालनमा अवरोध पु¥याउनु भनेको संसदीय अभ्यासको विकृत रूप मान्न सकिन्छ । यही प्रवृत्ति हाबी हुने हो भने संसद्ले आफ्नो काम सहज रुपमा गर्न स्वाभाविक रुपमा सक्दैन । तर, सभामुखले विषय र परिस्थितिको त्यो गाम्भीर्यतालाई ख्याल नगरी बैठकमा जो उठेर बोल्न समय माग गर्छ, उसलाई समय दिँदै प्रधानमन्त्रीलाई रोष्ट्रममा उभ्याएर राखे ।

प्रधानमन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिइसकेपछि सभामुखले  फेरि तिनै विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई लगत्तै आफ्ना धारणा राख्न लामो समय प्रदान गरे । सम्माननिय प्रधानमन्त्रीले स्पष्ट धारणासाथ जवाफ दिइसकेको अवस्थामा पुनः प्रतिपक्षी दलकाे नेतालाई त्यसै विषयमा बाेल्न दिनु कुनै पनि मानेमा संसदिय मर्यादित अभ्यास हुन सक्दैन ।

संघीय संसद्का पूर्वमहासचिव मनोहरप्रसाद भट्टराई प्रधानमन्त्रीलाई छलफलमा उठेका प्रश्नको जवाफ दिन समय दिइसकेपछि बीचमै रोकेर अन्य सांसदलाई समय दिनु संसदीय अभ्यासमा उचित नहुने बताउँछन् ।

‘यस्तो पहिला पनि पटकपटक भएको हो, नौलो कुरा त होइन, अहिले पनि भयो । यो राम्रो होइन,’ उनले भने, ‘यो हुन नहुने कुरा हो । प्रधानमन्त्रीको जवाफलाई बीचमै रोकेर सांसदहरुले थप प्रश्न गर्न पाइँदैन । यो सभामुखको अभद्रताको पराकाष्टा मान्न सकिन्छ ।