दाेषी जाे भएपनि कारवाही हुनुपर्छ – डा. काेइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो भए पनि कार्वाही गर्नुपर्ने बताएका छन् । कांग्रेस नेता तथा पुर्व गृहमन्त्री बालकृष्ण खाँणकाे गिरफ्तारी र पुर्व प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पत्नी आरजुकाे नाम समेत मुछिएकाे बेला काेइरालाले साे काण्डमा मुछिएका जाे कोहीलाई कानुनी कठघरामा ल्याउनुपर्ने बताएका हुन् ।
उनले मानव तस्करजस्तो घृणित कार्यमा राज्य नै सञ्जाल खडा गरेर संलग्न हुनुले विश्व समुदायमा देशको शिर निहुरिएको बताउँदै उनले राज्यका जुनसुकै तहका व्यक्ति भए पनि छोड्न नहुने बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करी जस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदायसामु देशको शिर निहुरिएको छ, हामी लज्जित भएका छौं’ । उनले अगाडि लेखेका छन्- ‘तसर्थ राज्यको जुनसुकै तह र तप्काको जोकोहीलाई पनि कानुनको कठघरामा ल्याएर तिनलाई कडाभन्दा कडा सजाय दिनुपर्दछ।’