कांग्रेस नेता गगनकाे चरम असन्तुष्टि : `अब त अति भयाे´

मूलखबर संवाददाता
काठमाडौं, २५ बैसाख

नेपाली कांग्रेसका युवा नेतामाे रूपमा परिचय बनाएका सांसद गगन थापाले गम्भीर चेतावनीसहितकाे स्टाटस सार्वजनिक गरेका छन् ।

कांग्रेसकाे सभापति र संसदिय दलकाे नेतामा समेत पराजित भएका थापाले पार्टी भित्रकाे संघर्षमा आफू लामाे समय माैन बसेकाे भएतापनि अब चुप लागेर नबस्ने चेतावनी दिएका हुन् ।

उनले जिम्मेवारीमा पुगेपछि आफूलाई चित्त नबुझे पनि जिम्मेवारीको सीमाले प्रतिरोधको साटो सुधारेर जाने कोसिस गर्नुपरेको स्मरण गराएका छन् ।

उनलेे लेखेका छन् –

‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ,’ उनले लेखेका छन्, ‘त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !’