उपनिर्वाचन नतिजा : चितवन २ मा रवि लामिछाने निर्वाचित
बैसाख १० गते सम्पन्न उपनिर्वाचनमा चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने विजयी भएका छन् । लामिछानेको नागरिकता अबैध ठहर भएपछि खाली भएको सोही षेत्रमा भएको उपनिर्वाचनमा फेरी उनै भारी मतान्तरसहित निर्वाचित भएका हुन् ।
अन्तिम मत परिणाम अनुसार लामिछाने ५४ हजार १७५ मतका साथ विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार ११४ मत ल्याए। श्रेष्ठलाई ४३ हजार ६१ मतान्तरले लामिछानेले पछि पारे। तेस्रो स्थानमा रहेका नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाए।
यसअघि गत मंसिर ४ मा भएको चुनावमा यो क्षेत्रबाट लामिछाने नै निर्वाचित भएका थिए। त्यतिबेला उनले ४९ हजार ३०० मत पाएका थिए। यो जितसँगै यसअघि आफ्नो नाममा रहेको सबैभन्दा बढी मतान्तरले जितेको रेकर्ड लामिछानेले तोडेका छन्।
लामिछानेको नागरिकता प्रक्रिया अबैध भएपछि उनको गृहमन्त्री सहितको उपप्रधानमन्त्री र सांसद समेत गुमेको थियो ।