अन्ततः रास्वपा सांसद ढाकाकुमार श्रेष्ठलाई रास्वपाद्वारा कारवाही : पदमुक्त

मूलखबर संवाददाता
काठमाडौं

अन्ततः  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त भएका छन् । रास्वपाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेकाे अभियाेगमा समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको हाे ।

बुधबार बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गर्ने निर्णय गरेको हो । यससँगै रास्वपाले उनको स्थानमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको छ ।

यद्यपि श्रेष्ठले साे आवाज आफ्नो नभएको र आफू र आफ्नो पार्टीलाई बदनाम गराउन षड्यन्त्र भएको बताइरहेका छन् ।