जनगणना २०७८ का मुख्य बुँदाहरू

मूलखबर संवाददाता
काठमाडौं, ११ चैत

१२ औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदन:
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।

पुरूष : १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८ प्रतिशत),

महिला : १ करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत),

अन्य लिङ्गीको संख्या : २ हजार ९२८ (०.००१ प्रतिशत)
यसअघि २०७८ माघ १२ मा कार्यालयले नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको ।

विस्तृत र अन्तिम प्रतिवेदनमा भने २७ हजार ९०२ कम अर्थात् दुई करोड ९१ लाख ६४ हजार ५ सय ७८ जनसंख्या देखिएको ।
सबैभन्दा धेरै जनसंख्या भएको जिल्ला : काठमाडौं (२० लाख ४१ हजार ५८७ जना)
सबैभन्दा कम जनसंख्या भएको जिल्ला : मनाङ (पाँच हजार ६८५ जना)
भौगोलिक क्षेत्रअनुसार :
तराईमा : कुल जनसंख्याको ५३.६१ प्रतिशत (एक करोड ५६ लाख ३४ हजार ६ जना),
पहाडमा : ४०.१ प्रतिशत (एक करोड १७ लाख ५७ हजार ६२४ जना) र
हिमाली क्षेत्रमा : ६.०८ प्रतिशत (१७ लाख ७२ हजार ९४८ जना) जनसंख्या रहेको।

प्रदेशगत रूपमा जनसंख्याको वितरण हेर्दा

सबैभन्दा धेरै : बागमती प्रदेशमा (२०.९७ प्रतिशत) र
सबैभन्दा कम : कर्णाली प्रदेशमा (५.७९ प्रतिशत)
सबैभन्दा बढी वृद्धिदर : भक्तपुर (३.५ प्रतिशत)
सबैभन्दा बढी घटेको : रामेछाप (-१.६७ प्रतिशत)

जनघनत्व (प्रति वर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसंख्या) : १९८ जना।
सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर ।
परिवारको संख्या : ६६ लाख ६६ हजार ९३७
एक परिवार बसोबास गर्ने सदस्य : औसतमा ४.३७ जना ।
नगरपालिकाहरूमा बस्ने जनसंख्या जनसंख्याको ६६.१७ प्रतिशत ।
गाउँपालिकाहरूमा बस्ने जनसंख्या ३६.८१ प्रतिशत ।
करिब २२ लाख नागरिक विदेशमा रहेको देखिएको ।
जम्मा १५ लाख ५५ हजार ९६१ परिवारका कोही न कोही सदस्य विदेशमा रहेको देखिएको ।