माओवादी धाराका दलहरूबिचको बेैठक बालुवाटारमा
माओवादी जनयुद्ध शान्ति प्रक्रियामा रुपान्तरण भएपछि विभिन्न धाराहरुमा विभाजित भएका माओवादी दल र नेताहरु फेरी एकठाउँमा जुट्न खोज्दैछन् । माओवादी आन्दोलन र नेताहरुविरुद्ध विभिन्न् कोण र प्रवृत्तिहरुबाट आक्रमणको प्रयास भइरहेका वेला माओवादी धाराका राजनीतिक दलहरूबिचको बेैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डको पहलमा आयोजना भएको बैठकमा प्रधानमन्त्री प्रचण्ड, डा। बाबुराम भट्टराई, सिपी गजुरेल, कृष्णबहादुर महरा, देव गुरूङ, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओली लगायत सहभागि हरेका छन् ।