रास्वपाकाे बैठक निश्कर्षविहिन : आइतबार फेरि बस्ने
फरक राजनीतिक संस्कार दिने दावी गर्दै उदाएकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे बैठक निश्कर्षविहिन टुंगिएको छ । शनिबार राति ३ घण्टा बसेर ११ बजे स्थगित भएको केन्द्रीय समिति बैठकले १२ घण्टापछि पुन बैठक बस्ने भन्दै सरकार छाड्ने कि के गर्ने भन्नेबारे कुनै निर्णय लिन सकेन ।
पार्टी अध्यक्ष रवि लामिछानेको नागरिकता अवैध प्रमाणित भएपछि गुमेको सांसद, गृहमन्त्री र उपप्रधानमन्त्री पद पुन प्राप्तिको लागि पार्टीको रणनीति निर्माणकाे लागि निर्णय लिन बसेकाे बैठक अनिर्णयको बन्दी बनेपछि रास्वपा पनि पुरानै दल भन्दा फरक नभएको पुष्टि भएको छ ।
बैठकपछि पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आइतबार पुनः बैठक बस्ने गरी आजको बैठक सकिएको जानकारी दिए । ‘बैंठकमा समसामयिक राजनीतिबारे कुरा गर्यौं । जुन किसिमको अहिलेको अवस्था छ राष्ट्रपतिको निर्वाचनदेखि उपनिर्वाचनसम्म छलफल भयो,’ उनले भने, ‘भोलि बैठक बस्ने भएको छ । साढे ११ बजे पुनः बैठक बस्ने र निर्णय गर्ने कुरा भएको छ ।’
रास्वपाका अध्यक्ष रवि लामिछानेले गैरसांसदकाे रूपमा गृहमन्त्री नपाए सत्ता छाड्ने धम्की दिएको र दुई दिने अल्टिमेटम दिएकाे थियाे । अल्टिमेटम सकिएपछि गृह छाडेर सरकारमा रहिरहने निर्णयका लाग बैठक बसेकाे र अाइतबार साे विषयमा अन्तिम नर्णय लिने बताइएको छ । रास्वपाले गृह नभएपनि सत्ता नछाड्ने निर्णय गर्ने एक केन्द्रीय सदस्यले जानकारी दिए ।