अख्तियार पूर्व आयुक्त राजनारायण पाठक दोषी ठहर

मूलखबर संवाददाता
काठमाडौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक दोषी ठहर भएका छन्। उनीसँगै भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलाई पनि दोषी ठहर गरेको छ।

विशेष अदालतले पाठकलाई घुष लेनदेनको मुद्दामा दोषी ठहर गरेको हो। बिहीबार विशेष अदालतका न्यायाधीशत्रय श्रीकान्त पौडेल, यमुना भट्टराई र बलभद्र बास्तोलाको संयुक्त इजलाशले उनलाई दोषी ठहर गर्दै कैद सजाय सुनाएको छ।

दुवै जनालाई तीन वर्ष कैद सजाय सहित ३९ लाख जरिवाना तोकेको छ। पाठक र न्यौपानेबीच ७८ लाख रुपैयाँ घुस लेनदेन भएको अडियो सार्वजनिक भएको थियो।