संसद अधिवेशन पुस २५ गते दिउँसो १ बजे
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।
सरकारको सिफारिसमा मंगलबार उनले यही पुस २५ गते सोमबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बस्नेगरी दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाकाे निर्वाचनमा विजयी सांसदहरूले पुस ७ गते सपथ लिएका थिए भने पुस ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित ९ मन्त्रीले सपथ लिएका थिए ।