कांग्रेस दम्भले गठबन्धन टुट्याे, प्रचण्ड नेतृत्वमा सरकार बनाउने एमालेसहितको सहमति

मूलखबर संवाददाता
काठमाडौं

नेपाली कांग्रेसले दम्भ प्रदर्शन गर्दा लाेकतान्त्रिक वाम गठबन्धन टुटेको छ । वाम गठबन्धन निर्माण भएको छ । सरकार निर्माणमा कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिसहितकाे दावि नछाडेपछि माओवादी सँगकाे गठबन्धन टुटेपछि एमालेसहितको नयाँ गठबन्धन बनेकाे हाे । एमाले सहितको गठबन्धनले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीकाे रूपमा अगाडि सार्ने सहमति गरेको छ ।  बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनका अनुसार दाहाललाई प्रधानमन्त्रीमा अघि सार्दै राष्ट्रपतिसमक्ष आइतबारै दाबी पेश गर्ने सहमति छ । दाहाललाई एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र अन्य साना दलको समेत समर्थन जुटेको बताइएको छ । सिके राउत नेतृत्वको जनमत पार्टीले पनि नयाँ गठबन्धनलाई सघाउने छ । जनमत पार्टीका महासचिव चन्दन सिंहले सरकार बनाउने प्रक्रियामा आफूहरुले समर्थन गर्ने बताए । जनमत पार्टीका ६ जना सांसद छन् ।

यस्तै, नागरिक उन्मुक्ति पार्टी पनि जोडिनेछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दाबी पेश गर्न दलहरुलाई दिएको समयसीमा आइतबार ५ बजे सम्मका लागि छ ।