१ कराेड ४ लाख २० हजार समानुपातिक मत गणना गर्दा कसकाे भागमा कति मत ?
मंसिर ४ मा सम्पन्न निर्वाचनकाे मतगणना जारी छ । दाेखा र स्याङ्जाको केही मत बाहेक अन्य स्थानकाे मतपरिणाम सार्वजनिक भइसकेको छ । समानुपातिकतर्फ पनि कुल १ कराेड ७ लाख मध्ये १ कराेड ४ लाख २० हजार मत गणना भईसकेकाे छ । जसमध्ये हालसम्मको निर्वाचन आयाेगकाे विवरणअनुसार नेकपा (एमाले)ले २७ लाख ८८ हजार ३ सय ५६, नेपाली कांग्रेसले २६ लाख ६० हजार २ सय ४६, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६२ हजार १ सय २४ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५ सय ४३, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार ६ सय ३८सय, जनता समाजवादी पार्टीले चार लाख २० हजार नौ सय ४६, जनमत पार्टीले तीन लाख ९४ हजार पाँच सय २३ मत प्राप्त गरेको छ । कूल खसेको सदर मतको तीन प्रतिशतभन्दा बढी मत पाउने राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाउने कानुनी प्रबन्ध छ ।
नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ९४ हजार तीन सय ६२, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार छ सय ६२, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ६७ हजार दुई सय ८१, नेपाल मजदुर किसान पार्टीले ७५ हजार ५७, हाम्रो नेपाली पार्टीले ५५ हजार छ सय १८, मंगोल नेशनल अर्गनाइजेशनले ४८ हजार ८ सय १८ र राष्ट्रिय जनमोर्चाले ४६ हजार तीन सय ८२ मत प्राप्त गरेको छ ।
आयोगका अनुसार प्रदेश नं १ मा १८ लाख ९९ हजार एक सय ४४ मतगणना भएको छ । एमालेले छ लाख ६५ हजार चार सय ६० मत प्राप्त गरेको छ । कांग्रेसले पाँच लाख ६२ हजार नौ सय ५६, राप्रपाले एक लाख ९८ हजार पाँच सय ११, माओवादीले एक लाख ८१ हजार दुई सय ४५, जनता समाजवादी पार्टीले ६१ हजार सात सय २३ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)ले ५५ हजार नौ सय ५७ मत प्राप्त गरेको छ ।
मधेस प्रदेशमा २० लाख ८६ हजार दुई सय ९८ मत गणना भएको छ । कांग्रेसले चार लाख एक सय ४४, एमालेले तीन लाख ५१ हजार सात सय ६८, जनमत पार्टीले तीन लाख २९ हजार एक सय ७७, जनता समाजवादी पार्टीले दुई लाख ९८ हजार सात सय ७४, माओवादीले एक लाख ८० हजार आठ सय ६० र नेकपा (एकीकृत समाजवादी)ले एक लाख १३ हजार नौ सय १५ मत प्राप्त गरेको छ ।
वाग्मती प्रदेशमा १८ लाख ५७ हजार नौ सय ६६ मतगणना भएको छ । सो प्रदेशमा एमालेले पाँच लाख ६२ हजार छ सय ७५, कांग्रेसले चार लाख ७१ हजार नौ सय ६१, राप्रपाले दुई लाख ७२ हजार ८९, माओवादीले दुई लाख ७० हजार तीन सय ७२, नपाल मजदुर किसान पार्टीले ६८ हजार छ सय ५४ र नेकपा (एकीकृत समाजवादी)ले ६४ हजार एक सय आठ मत प्राप्त गरेको छ ।
गण्डकी प्रदेशमा नौ लाख ८४ हजार पाँच सय ३९ मत गणना भएको छ । त्यसमा एमालेले तीन लाख ६७ हजार तीन सय ६१, कांग्रेसले तीन लाख ४९ हजार दुई सय १५, माओवादीले एक लाख १६ हजार आठ सय ५१, राप्रपाले ५९ हजार चार सय ४३, हाम्रो नेपाली पार्टीले १८ हजार सात सय ३२ मत प्राप्त गरेको छ ।
लुम्बिनी प्रदेशमा १८ लाख ८७ हजार ७८ मत गणना भएको छ । त्यसमा एमालेले पाँच लाख ७० हजार नौ सय २१, कांग्रेसले चार लाख ९९ हजार नौ सय ८६, माओवादीले एक लाख ९८ हजार चार सय ५०, राप्रपाले एक लाख २७ हजार चार सय ५२, नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार पाँच सय २१, जनमत पार्टीले ८१ हजार छ सय पाँच, जनता समाजवादी पार्टीले ६० हजार आठ सय ८६ मत प्राप्त गरेको छ ।
कर्णाली प्रदेशमा पाँच लाख ७७ हजार आठ सय २९ मत गणना भएको छ । त्यसमा एमालेले एक लाख ८३ हजार नौ सय ५०, काँग्रेसले एक लाख ७० हजार सात सय ५६, माओवादीले एक लाख ३७ हजार छ सय २९, नेकपा(एकीकृत समाजवादी)ले ३५ हजार आठ सय २६, राप्रपाले २५ हजार एक सय ८६, नेपाल मजदुर किसान पार्टीले आठ हजार नौ सय ९३ मत प्राप्त गरेको छ ।
सुदूरपश्चिम प्रदेशमा आठ लाख ३५ हजार आठ सय ९४ मत गणना भएको छ । त्यसमा एमालेले दुई लाख ४८ हजार आठ सय ४०, काँग्रेसले दुई लाख ४३ हजार ३९, माओवादीले एक लाख १८ हजार नौ सय तीन, नागरिक उन्मुक्ति पार्टीले ९८ हजार पाँच सय ५४, राप्रपाले ४३ हजार आठ सय आठ र नेकपा(एकीकृत समाजवादी)ले ४१ हजार आठ सय ३९ मत प्राप्त गरेको छ ।