विश्वकप २०२२: ब्राजिल र पाेर्चुगल अन्तिम १६ मा प्रवेश

मूलखबर संवाददाता
काठमाडौं, १३ मंसिर

विश्वकपको सफल टोली ब्राजिल र पाेर्चुगल कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूह  ‘जी’ अन्तर्गत दोहास्थित स्टेडियम ९७४ मा सोमबार राति भएको खेलमा ब्राजिलले स्वीट्जरल्यान्डलाई १-० गोलले  र पाेर्चुगलले उरूग्वेलाई २-० गाेलले हराएर अगाडि बढेका हुन् ।  लगातार दोस्रो जित निकालेको ब्राजिल एक खेल अगावै अन्तिम १६ मा पुगेको हो ।

पहिलो खेलमा ब्राजिलले सर्बियालाई २-० गोलले हराएको थियो । ब्राजिलको जितमा क्यासेमिरोले निर्णायक गोल गरेका थिए। उनले ८३ औं मिनेटमा रोड्रिगोको पासमा गोल गर्दै ब्राजिललाई जिताए।

स्वीट्जरल्यान्डको गोल फर्काउने प्रयास अन्तिमसम्म सफल हुन सकेन । यस जितसँगै ६ अंक बनाएको ब्राजिल समूहको शीर्षस्थानमा छ ।

लगातार दोस्रो जित निकालेको पोर्चुगल एक खेल अगावै नकआउट चरणमा पुगेको हो । यसअघि पहिलो खेलमा पोर्चुगलले घानालाई ३-२ गोलले पराजित गरेको थियो ।

पोर्चुगललाई जिताउन दुवै गोल ब्रुनो फर्नान्डेसले गरेका थिए।