गाेरखा २ मा प्रचण्डको फराकिलो मतान्तर

मूलखबर संवाददाता
काठमाडौं

प्रतिनिधिसभा गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फराकिलो मतान्तरका साथ अग्रता कायम गरेका छन् । आठ हजार ५ सय ४० मतगणना हुँदा प्रचण्डले  ४ हजार ८ सय ३२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँले १ हजार १ सय ७६ र राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १ हजार ४ सय २४ मत ल्याएका छन् ।