भाेलीदेखि वर्ल्डकप : कतारका रंगशाला क्षेत्रमा मदिरा प्रतिवन्ध
भाेली नाेभेम्वर २० देखि कतारकाे राजधानी दाेहामा खेलकुदकाे महाकुम्भ मेला विश्वकप २०२२ शुरू हुँदैछ । फिफाले फुटबल स्टेडियम क्षेत्रमा मदिरा बिक्रीमा प्रतिबन्ध लगाइएको पुष्टि गरेको छ । विश्वकप अन्तर्गत ६४ खेल आयोजना हुने कतारका ८ स्टेडियममा मदिरा बिक्री नगरिने फिफाले पुष्टि गरेको हो ।
फिफाले आयोजक राष्ट्रका अधिकारीहरू र फिफाबीच छलफलपछि यस्तो निर्णय गरेको फिफाले जनाएको छ । यस्तै विश्वकप रंगशाला क्षेत्रबाट बियर लगायत मदिरा बिक्री स्टेसनहरू पनि हटाइएको छ । फिफाले हालै यसबारे विज्ञप्ति जारी गर्दै मदिरा रोक लगाएको पुष्टि गरेको हो ।
गत सेप्टेम्बरमा कतारले खेलभन्दा पहिले र पछिका निर्धारित समयमा लाइसेन्सप्राप्त दर्शकहरूका लागि बियर लगायतका मदिरा किन्ने अनुमति दिने जनाएको थियो । यद्यपि बड वाइजर सहितका ‘जिरो अल्कोहल’ हुने पेय पदार्थमा भने रोक नलगाइएको बताइएको छ ।
कतारमा यही नोभेम्बर २० देखि डिसेम्बर १८ सम्मका लागि विश्वकप फुटबलको तयारी भइरहेको छ । यसका लागि हाल विश्वभरका खेलाडी र प्रशंसकहरू कतार पुगेका छन् ।