के तीजले महिलामाथिको उत्पीडन हटाएको हो ? कसरी मनाउने तीज ?

विश्वास शर्मा
काठमाडौं

आज हरितालिका तीज । नेपाली महिलाहरुको महत्वपूर्ण चाड पर्व । तीजमा महिलाहरुले स्वतन्त्रता प्राप्त गर्ने गर्दछन् । वा स्वतन्त्र बन्न खोज्दछन् । महिलाहरुले आफ्ना दुख पीडाका कुराहरु उनेर गित गाउने, निराहार ब्रत बस्ने र अन्य गतिविधि गर्ने गर्दछन् । परम्परागत रुपमा मनाउँदै आइएको तीजमा अचेल धेरै परिवर्तन आएको छ । पहिले हिन्दु नारीहरुले मात्रै मनाएको तीज अहिले सबै जातजाती र धर्मालम्वीले उल्लासका साथ मनाउने गरेका छन् । पहिले एक दिन मात्रै दर खाने र तीन दिन ब्रत बसेर पञ्चमीमा पुजा गर्ने प्रचलनमा अत्यन्तै फेरबदल आएको छ र अहिले महिना दिन अघिदेखि महिलाहरु दर खाने कार्यक्रम गर्ने र पुरुषहरु पनि सहभागि हुने लहर तिबै चलेको छ । त्यतिमात्रै होइन, तीजमा पहिले शुद्ध चिज खानेबाट परिवर्तन भएर अहिले पार्टी प्यालेसहरुमा जाँड रक्सी सहितको पार्टी र दर खाने प्रचलन देखिन थालेको छ । यी सबै गतिविधिले महिलाहरुको स्वतन्त्रताको चाहना र गतिविधि बढेको देखिन्छ । तर के तीजले महिलाहरुमाथिको उत्पीडनको अन्त्य गर्न सकेको हो त ? महिलाहरुलाई तीजले अधिकारसम्पन्न बनाउन सकेको हो त ? यहाँ यस विषयमा केही बहस गर्न खोजिएको छ ।

नेपालमा सदिऔं अघिदेखि तीज मनाउने प्रचलन चलिआएको थियो । तीजमा महिलाहरुले आफूले माइति घर छाडेर श्रीमानको वा पराई घर गएपछि पाएका दुःख कष्ट र वेदनाहरु पस्कन थालेको पनि दशकौं भएको थियो । तर तीज सकिएपछि तीनै महिलाहरुले पुरानै कहर खेप्नुपरेको यथार्थ दोहोरिइरहेको थियो । महिलाहरु घरको चुलोचौको भन्दा वाहिर निस्पन धेरै ठूलो संघर्ष गर्नुपथ्यो । वर्षदिनमा एक पटक माइति गएर तिजमा गित गाउन पाउँदा उनीहरु आफूलाई भाग्यमानि ठान्ने गर्दथे । आफ्नो दुःख कष्ट र पीडाका कुरा सुनाउन पाउँदा आफूलाई हलुंगो भएको अनुभुति गर्दथे र केही समयको लागि मुक्त भएको अनुभुति गर्दथे । तर पनि उनीहरुले गाएको गीतको न त कुनै निकायले सुनुवाई गर्दथ्यो नत उनीहरुले त्यसलाई एजेण्डाको रुपमा समस्या समाधानमा लैजान थप थवाव नै दिने गर्दथे । केबल उनीहरुले गाएको पीडा, व्यथा, दुख कष्ट र यातनाका कथाहरुलाई दुनियाँले मिठो गितको रुपमा सुन्दथ्यो र उडाउँथ्यो । यो क्रम २०५२ फागुन १ सम्म यस्तै भएर जारी रह्यो ।

जव नेपालमा माओवादीको नेतृत्वमा २०५२ फागुन १ गते शसस्त्र जनयुद्धको शंखघोष भयो तब यो परम्परागत प्रक्रियामा पनि केही धक्का लाग्यो र महिलाहरु चुलो चौकोमा मात्रै सिमित हुने होइन आफ्नो अधिकारको लागि लड्नुपर्छ भन्ने चेतना जागृत हुन थाल्यो । हुन त पारिजात लगायतका केही महिला साहित्यकारहरुले महिला अधिकारको पक्षमा केही लेखन र गतिविधि नगरेका होइनन् तर त्यसले खासै कुनै परिवर्तन ल्याउन सकेको थिएन । जनयुद्धको प्रक्रियाको शुरुवातसँगै नेपालमा महिला, दलित, जनजाती आदिवासी सहित विभिन्न क्षेत्र, लिंग, जाती, वर्ग र समुदायको उत्पीडनको विरुद्धमा र हक हित र अधिकारको पक्षमा सिंगै मुलुकलाई जुरुक्क उठायो त्यसले महलिाहरु द्योश्रो दर्जाका नागरिक होइनन् एक असल नागरिक र अधिकारसम्पन्न नागरिक हुन् भन्ने कुराको जागरण ल्यायो । महिलाहरु काँधमा बन्दुक बोकेर जनयुद्धमा वर्गबैरीका विरुद्ध जाई लागे ।

आफूहरुलाई दोश्रो दर्जाको नागरिकको रुपमा अथ्र्याउने सामन्तवादी पितृसत्ताबादी राजतन्त्रात्मक व्यवस्थाको विरुद्ध लडाइँमा होमीए त्यही जनयुद्धको जगमा खडा भएको जनआन्दोलनसहितको बलमा अन्ततः महिलाहरुलाई दोश्रो दर्जामा राख्ने सामन्तवादी पितृसत्तावादी राजतन्त्रात्मक व्यवस्थाको अन्त्य भयो र संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भयो । जसले नेपालमा महिलाहरुलाई चुलोचौकोमा मात्रै सिमित राखेन राज्यको नीति निर्माण तहको सबैभन्दा उपल्लो निकाय राष्ट्रपति, सभामुख र प्रधान न्यायाधिश सम्म बनायो । त्यति मात्रै होइन स्थानिय दखि केन्द्रीय सबै तहका राज्य र गैरराज्यका संरचनाहरुमा महलिाको अनिवार्य ३३ प्रतिशत सहभागिता हुनुपर्ने व्यवसथा सुनिश्चित गरी संविधानमा लेखियो । दलित जनजाती आदिवासी र उत्पीडित सबै क्षेत्र, लिंग र वर्गको प्रतिनिधित्व राज्यका सबै अंगमा अनिवार्य हुने व्यवस्था गर्यो । यसरी वास्तवमा महिला अधिकारको लागि नेकपा माओवादकिो नेतृत्वमा सञ्चालित १० वर्षे जजनयुद्धको महत्वपूरर्ण र अभुतपुर्व भुमिका रहेको छ । तसर्थ तीजलाई पनि महिलाहरुले यस यथार्थलाई आत्मसात गर्दै र ती परिवर्तनका एजेणहरुलार्य स्थापित र संस्थागत हुनेगरी विकास र समृद्धिको साथमा समाजवाद स्थापनाको पक्षमा मनाउनुपर्दछ । यसले मात्रै महिला मुक्तिको असली मार्गदर्शन दिनेछ । तीजलाई अस्लील अंगप्रदर्शन र भडकीलो गहना प्रदर्शनको साधन नबनाएर सभ्यता, सास, र वीरता र आत्मनिर्भरताको पर्वको रुपमा मनाउन सक्दा मात्रै तीजको सार्थकता हुन सक्छ अन्यथा फेरी पनि पुरानै शिव पार्वतीको महीमा गाउने र आफूलाई निरन्तर उत्पीडन गर्ने पुरुषहरुकै गोडामुनि खुम्चीनुपर्ने परम्परागत विरासतमा फर्कने खतरा हुन्छ ।

शास्त्रमा के छ ?

महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने शास्त्रीय ग्रन्थमा उल्लेख छ । तर सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने भनी हुने गरेको छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीलाई विष्णुसित विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन् ।

यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज)को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । यसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । “निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ”उहाँले भन्नुभयो । “सर्वतः आत्मानं गोपायेत्” अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनिमात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुन्छ ।

स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने पनि उहाँले जानकारी दिनुभयो । श्रीमान्को दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख एवं समिति सदस्य डा देवमणि भट्टराई बताउनुहुन्छ ।

“अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ”उहाँले भन्नुभयो ।

नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्हरुको भनाई छ ।
‘अकरणे प्रत्यवाय श्रवणात् करणे फल श्रवणाच्च हरितालिका व्रतं नित्यं काम्यं च भवति’ भनी धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएकाले पनि यस व्रतलाई संकुचित अर्थमा लिन नहुने पनि धर्मशास्त्रविद् गौतमले बताउनुभयो । जसको अर्थ हुन्छ यो व्रत नगर्दा दोष लाग्छ, गरेमा फल प्राप्त हुन्छ, यो व्रत नित्य र नैमित्तिक दुवै हो । पुरुषले घर बाहिरको काम गर्ने र महिलाले गृह व्यवस्थापनका काम गर्ने प्रचलन बस्न थाल्यो । महिलाले घर लगायत धर्मकर्मका काम गर्न थालेपछि व्रत बस्ने जिम्मेवारी पनि दिइएको बुझिन्छ । प्रायः घरमा धर्मकर्मका काम महिलाले नै गर्छन् ।