सलह जस्तै नाइरोबी फ्लाईको आतंक, के हो ? कसरी बच्ने यसबाट ?
नेपालमा गत वर्ष सलह भन्ने एक प्रजातीको फट्यांग्राले देशैभर आतंकीत बनायो । सलहले मानिसलाई कुनै असर नगरेपनि बालीनाली र मुख्य गरेर मकैबारी ध्वस्त पारेको थियो । अफ्रीकादेखि आउको उक्त किराले भारत हुँदै नेपालको विभिन्न जिल्लामा लाखौ.को संखयाको समुहमा आएर बाली नाली ध्वस्त पारेको थियो । अहिले त्यसैगरी नाइरोबी फ्लाई भन्ने किराको आतंक देखा परेको छ । यसले भने बालीनाली होइन मानिसको स्वास्थ्यमै गम्भीर समस्या ल्याउने गरेको छ । एसिडयुक्त यस किराले छालामा छोएपछि हुने संक्रमणले गर्दा यस्तो समस्या देखा परेको छ । अहिले नेपालको पुर्वी जिल्ला झापादेखि तराई हुँदै काठमाडौं सम्म यसको प्रकोप देखिन थालेको छ ।
उक्त किराहरु सडेगलेका तरकारी, जनावर, बोटविरुवामा बस्ने रुचाउँछन् । चिकित्सकका अनुसार उक्त किराले टोक्दैनन्, तर यदि कसैको छालामा बस्दा माडिएको अवस्थामा तिनीहरूले एक शक्तिशाली अम्लीय पदार्थ ९एसिड० छोड्छ जसले छालालाई जलाउँछ ।
‘यो किराले टोक्दैन । यदि केही गरि हाम्रो छालामा किरा माडियो भने कडा एसिड निस्किन्छ र त्यसबाट छालामा एलर्जी हुन्छ,’ डा। पुडासैनीले अनलाइखबरसँग भने, ‘जसले घाउ वा असामान्य दागहरू देखिन्छन् । एक वा दुई हप्तामा निको हुन थाल्छ, तर केही माध्यम संक्रमणहरू हुन सक्छ, कुनै बिरामीको छालामा दागसम्म बस्छ ।’
उनका अनुसार एलर्जी भएर माड्दा छालामा रातो हुने, पोल्ने, फोका आउने हुन्छ । धेरै चिलाएमा भने यसले अरुतिर संक्रमण गराउन सक्छ । कन्याउँदा दाग र खतसमेत बस्छ ।
उक्त किराको एसिडको संक्रमणबाट लक्षणहरु १२ घण्टादेखि २ दिनसम्म देखापर्छन् । यसको एलर्जी निको हुन १ देखि २ हप्ता लाग्छ र आफैं निको भएर जाने चिकित्सक बताउँछन् ।
किराको टोकाइले नभएर किरा माड्दा त्यसले उत्पादन गर्ने ‘पेड्रिन’ भन्ने टक्सिनले मानव शरीरमा लक्षण देखिने हुन्छ । सामाजिक सञ्जालमा अहिले यस किराको बारेमा विभिन्न पोस्ट भाइरल भइरहेको छ ।
यस किराबाट जटिलता भने नहुने चिकित्सक बताउँछन् । ‘घाउ देख्दा आत्तिने खालको हुन्छ । ठूला–ठूला फोका आउँछन् । जनै खटिरा, घामको एलर्जी तथा मंकिपक्सको फोका आउने हुनाले छुट्टाउन गाह्रो हुन्छ,’ डा। पुडासैनीले भने, ‘यो एलर्जीको कारणले हुने हो । यसले जटिला ल्याउने नभएकाले आत्तिनुपर्दैन ।’
तराईका विभिन्न अस्पतालले नाइरोबी फ्लाई किराको कारण समस्या भएका बिरामीको संख्या बढ्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई जानकारी गराएका छन् ।
‘यो हाम्रो लागि पनि नयाँ हो । यसविषयमा छालारोग विशेषज्ञसँग छलफल गरिरहेका छौं । तराईका विभिन्न अस्पतालबाट नाइरोबी फ्लाई किराको कारण बिरामी बढेको जानकारी प्राप्त भएको छ,’ इडिसिडीका निर्देशक डा। चुम्मनलाल दासले भने, ‘हामी रोकथाम गर्न जुटेका छौं । अन्य सबै अस्पतालबाट विवरण माग्ने काम भइरहेको छ ।’
चिकित्सकका अनुसार उक्त किराको एसिड शरीरमा बढी फैलिएको छ र ज्वरो, स्नायु दुखाइ, जोर्नी दुखाइ वा वान्ता हुन सक्छ भने थप गम्भीर सम्म बनाउनसक्छ ।
उक्त किरा एसिडको संक्रमणबाट जनै खटिराजस्तो फोका आउने, ठूलो खालको पानी फोका आउने, छाला रातो हुने, धेरै पोल्ने, रातो डाबर तथा बिमिरा आउने जस्ता लक्षण देखिन्छन् । त्यसैगरी, उक्त संक्रमित एसिड हात आँखामा रगड्दा सम्भावित रूपमा अस्थायी अन्धोपन हुन सक्छ ।
कसरी जोगिने रु
उक्त किराहरु प्रकाशमा आकर्षित हुन्छन् । तिनीहरू आवासीय क्षेत्र वरिपरि ठूलो संख्यामा जम्मा हुन्छन्, जहाँ रातभर घरको बत्ती र सडक बत्तीहरू किरणमा बस्न रुचाउने हुन्छन् ।
उक्त किरासँग सम्पर्कमा नआउनका लागि झ्यालमा जाली लगाउने, ओछ्यान झुलको प्रयोग गर्ने, लामो बाहुला भएका लुगाको प्रयोग र राती वरपर भएका बत्ती बन्द गर्ने गर्नुपर्छ ।
‘बत्तीमा यस्ता किरा आउन बढी रुचाउने गर्छन् । बत्ती निभाएर सुत्ने गर्नुपर्छ । यदि शरीरमा किरा देखियो भने थिच्ने, मार्ने गर्नुहुँदैन’, डा। पुडासैनीले भने, ‘किरा बसेको ठाउँलाई साबुन र पानीले धुनुपर्छ । नधोइएका हातहरूले शरीरको कुनै पनि भाग, विशेष गरी आँखालाई नछोस् भनेर ध्यान दिनु पर्छ ।’
यसको लागि खास उपचार छैन । किराले टोकेपछि एलर्जीको औषधि प्रयोग गर्नुपर्छ । घाउ धेरै भएको खण्डमा एन्टिबायोटिक पनि चलाउनु पर्ने डा। पुडासैनी बताउँछन् ।
सन् १९९८ मा असामान्य रुपमा भारी वर्षा भएका कारण केन्या र अफ्रिकामा प्रकोप भएको थियो । हालसम्म यसको संक्रमिण अफ्रिका बाहिर जापान, इजरायल, पाराग्वे र विगतमा भारतमा देखिन थालेको छ । हाल भारतबाट नेपालमा उक्त किरा ठूलो संख्यामा प्रवेश गरेको आंकलन गरिएको छ ।