वार्ताबाट समस्या समाधान गर्ने प्रतिवद्वतापछि महासंघको घेराउ कार्यक्रम स्थगित
कान्तिपुर मिडिया ग्रुप वार्ताबाट समस्या समाधान गर्न तयार भएपछि नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपकाे थापाथली घेराउ कार्यक्रम स्थगित गरेको छ ।
नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका विषयमा विभिन्न सञ्चारमाध्यममा पटकपटकको पत्राचार र वार्ता हुँदा पनि महासंघको मागको कार्यान्वयनका विषयमा बेवास्ता गरेपछि महासंघले चरणवद्ध रूपमा आन्दोलनका कार्यक्रम गर्ने घाेषणा गरेको थियाे ।
सोअनुसार २०७९ वैशाख ८ गते बिहीबार दिउँसो १२ः०० बजेदेखि १ः०० बजेसम्म थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयमा दबाबमूलक घेराउ गर्ने कार्यक्रम रहेको थियााे ।
प्रेस नोट
मिति : २०७९/१/८
नेपाल पत्रकार महासंघले विभिन्न सञ्चार गृहमा देखिएको श्रमजीवी पत्रकारका श्रम समस्या समाधानका लागि विभिन्न प्रकारका दवावमूलक अगाडि बढाएको छ ।
कान्तिपुर मिडिया ग्रुपमा देखिएको श्रम समस्या र पत्रकार दिपा दाहाल लगाएतलाई विना कारण निकालिएको विषयमा कान्तिपुर व्यवस्थापनले महासंघसँग वार्ताबाट समस्या समाधान गर्ने प्रतिवद्धता जनाएको छ । त्यसैअनुसार वार्ता प्रक्रिया पनि सुरु भइसकेको छ ।
त्यसैले, कान्तिपुर मिडिया ग्रुपमा आजका लागि तय भएको घेराऊ कार्यक्रम
स्थगित गरिएको छ । वार्ताबाट समस्या समाधान नभएमा महासंघले थप सशक्त आन्दोलन गर्ने जानकारी गराइन्छ ।