यस्तो छ माैसमि अवस्था, सावधान !
मौसम पूर्वानुमान महाशाखाले वाग्मती, गण्डकी र प्रदेश १ का विभिन्न स्थानमा केही दिन हल्का वर्षा हुने प्रक्षेपण गरेको छ । ती प्रदेशका पहाडी जिल्लाहरूमा मेघ गर्जन/चट्याङसहित क्षणिक र हल्का वर्षा हुने शाखाले जनाएको छ । २०७९ वैशाख ०८ गते (बिहीबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । अपराह्न पछाडि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।
राति : प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।
२०७९ वैशाख ०९ गते (शुक्रबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको केही स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।
राति : प्रदेश १ लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।