न्युनतम पारिश्रमिक निर्धारण समिति अध्यक्षमा संगिता खड्का नियुक्त
काठमाडौं, १७ चैत ।
सरकारले न्युनतम पारिश्रमिक निर्धारण समितिकाे अध्यक्षमा पत्रकार संगिता खड्कालाई नियुक्त गरेको छ ।
बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले पत्रकार खड्कालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हाे ।
पत्रकार महासंघकाे पुर्व केन्द्रीय सचिव खड्का जनादेश साप्ताहिककी सह सम्पादक र न्युनतम पारिश्रमिक निर्धारण समिति सदस्य र प्रेस काउन्सिल नेपालकी सदस्य समेतकाे जिम्मेवारी लिएर काम गरिसकेकी स्थापित पत्रकार हुन् ।
काठमाडौं जिल्लाकाे थानकाेटमा जन्मेकी खड्काले जनयुद्धको क्रममा राज्यले गिरफ्तार गरि यातना र जेल समेत भाेगिसकेकी छिन् ।
खड्काले वरिष्ठ पत्रकार कृष्ण सेनलाई महेन्द्र पुलिस क्लवमा दिइएको यातनाको बारेमा सार्वजनिक गरेकी थिइन् । जनयुद्धको समयमा रेडियो जनगणतन्त्रमा सञ्चारकर्मीकाे भुमिका निर्वाह गरेकी खड्काले युद्धका ति दिन नामक पुस्तक पनि प्रकाशित गरेकी छिन् ।