यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
पाइएला त अब ? सबै प्रदेशमा गरी १ करोड ३३ लाख ४२ हजार ट्याब्लेट सिटामोल पठाइयाे. पाइएला त अब? सबै प्रदेशमा गरी १ करोड ३३ लाख ४२ हजार ट्याब्लेट सिटामोल पठाइयाे. सराेज ढुंगेल काठमाडौं काठमाडौँ उपत्यकालगायत देशका मुख्य सहरमा सिटामोललगायतका औषधि अभाव भएको गुनासो आइरहँदा सरकारले सिटामोलसहितका अन्य औषधिको अभाव नहुने विश्वास दिलाएको छ ।. सबै प्रदेशमा गरी एक करोड ३३ लाख ४२ हजार ट्याब्लेट सिटामोल वितरण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सिटामोललगायत औषधिको अभाव नभएको जानकारी गराउनुभयो । उहाँले केन्द्रीय मेडिकल स्टोर बाराबाट सातवटै प्रदेशलाई सिटामोल वितरण गरिएको बताउनुुभयो ।. प्रदेश १ को प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरलाई २७ लाख ६४ हजार ट्याब्लेट सिटामोल वितरण गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनुषालाई २१ लाख ३० हजार, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडालाई १० लाख ९८ हजार ट्याब्लेट सिटामोल पठाइएको छ ।. गण्डकीको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखरालाई १८ लाख, लुम्बिनीको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवललाई २७ लाख ३० हजार, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र नेपालगञ्ज र कर्णाली प्रदेशलाई समेत गरी १० लाख २० हजार र सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीलाई १८ लाख ट्याब्लेट सिटामोल वितरण गरेको उहाँले बताउनुभयो । सबै प्रदेशमा गरी एक करोड ३३ लाख ४२ हजार ट्याब्लेट वितरण गरिएको छ । सो मात्रामा सिटामोल वितरण गरेर पनि ११ लाख ५८ हजार सिटामोल मौज्दात रहेको अधिकारीको भनाइ छ । केन्द्रीय मेडिकल स्टोर बारा, पथलैयाले पारासिटामोल पाँच सय एमजीको वितरण गरेको जनाइएको छ ।. सिटामोल छ, सञ्चित नगरौँ सिटामोलको औषधि अभावलाई ध्यानाकर्षण गर्दै नेपाल औषधि उत्पादक सङ्घ र सरकार मातहत रहेको नेपाल औषधि लिमिटेडले पनि सिटामोल उत्पादनलाई बढाएको छ । नेपाल औषधि लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाहले कोरोनाका कारण बजारमा सिटामोलको अभाव भएको बताउनुभयो । कोरोना बढ्ने हल्लापछि सर्वसाधारणले धेरै सिटामोल सञ्चित गर्न थालेको आरोप लगाउँदै महाप्रबन्धक सफिउल्लाहले भन्नुभयो– “केही दिनदेखि सर्वसाधारणसमेत एक दुई पत्ता सिटामोलका लागि औषधि लिमिटेडमा आउने गरेका छन् ।’’ दुई दिनमा छ लाख सिटामोल उत्पादन भइरहेको जानकारी दिँदै उहाँले मौसम परिवर्तनले गर्दा मानिसमा रुघाखोकी, ज्वरो आउने भएकाले हवात्तै माग बढेको बताउनुभयो ।. शुक्रबार मात्र शिक्षण अस्पताल वरिपरि भएका हरेक फार्मेसीमा दुई हजार पाँच सय ट्याब्लेटका दरले सिटामोल वितरण गरिएको जानकारी दिँदै उहाँले हरेक अस्पतालमा लिमिटेडले सिटामोल पु¥याउने बताउनुभयो । सिटामोल सञ्चित गर्ने परिपाटीको अन्त्य हुनुपर्ने उहाँको भनाइ छ । औषधि लिमिटेडमा खरिदको झन्झटिलो प्रक्रिया र खरिदको सिलिङले पनि औषधि तथा सिटामोल उत्पादनलाई गाह्रो पारिरहेको उहाँले बताउनुभयो ।. दुई करोडभन्दा बढी उत्पादन नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले पछिल्लो समय सिटामोल उत्पादन बढाएको बताउनुभयो । सिटामोल नेपाली औषधि उत्पादकले धानिरहेको भन्दै उहाँले कोरोनाका कारण माग ह्वात्तै बढेको बताउनुभयो । महिनामा डेढ करोड सिटामोल उत्पादन गर्दै आइरहेकोमा माग बढेपछि दुई करोडभन्दा बढी सिटामोल उत्पादन गरिरहेको उहाँले बताउनुभयो ।. नेपाली उत्पादकले सिटामोल नाफामूलक नभई सामाजिक उत्तरदायित्वको भावनाले उत्पादन गरिरहेको जानकारी अध्यक्ष पाण्डेले दिनुभयो । महिनाको डेढ करोड उत्पादन गरिरहेकोमा हाल माग बढेपछि उत्पादनलाई थप बढाइएको छ । कोरोनाले माग बढाएको भन्दै उहाँले २०६४ साल माघ १० गते समायोजन भएको औषधिको मूूल्य अहिलेसम्म्म त्यही मूूल्यमा बेचिरहनुपरेको गुनासो गर्नुभयो ।.
पाइएला त अब ? सबै प्रदेशमा गरी १ करोड ३३ लाख ४२ हजार ट्याब्लेट सिटामोल पठाइयाे
सराेज ढुंगेल
काठमाडौं
काठमाडौँ उपत्यकालगायत देशका मुख्य सहरमा सिटामोललगायतका औषधि अभाव भएको गुनासो आइरहँदा सरकारले सिटामोलसहितका अन्य औषधिको अभाव नहुने विश्वास दिलाएको छ ।
सबै प्रदेशमा गरी एक करोड ३३ लाख ४२ हजार ट्याब्लेट सिटामोल वितरण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सिटामोललगायत औषधिको अभाव नभएको जानकारी गराउनुभयो । उहाँले केन्द्रीय मेडिकल स्टोर बाराबाट सातवटै प्रदेशलाई सिटामोल वितरण गरिएको बताउनुुभयो ।
प्रदेश १ को प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरलाई २७ लाख ६४ हजार ट्याब्लेट सिटामोल वितरण गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनुषालाई २१ लाख ३० हजार, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडालाई १० लाख ९८ हजार ट्याब्लेट सिटामोल पठाइएको छ ।
गण्डकीको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखरालाई १८ लाख, लुम्बिनीको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवललाई २७ लाख ३० हजार, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र नेपालगञ्ज र कर्णाली प्रदेशलाई समेत गरी १० लाख २० हजार र सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीलाई १८ लाख ट्याब्लेट सिटामोल वितरण गरेको उहाँले बताउनुभयो । सबै प्रदेशमा गरी एक करोड ३३ लाख ४२ हजार ट्याब्लेट वितरण गरिएको छ । सो मात्रामा सिटामोल वितरण गरेर पनि ११ लाख ५८ हजार सिटामोल मौज्दात रहेको अधिकारीको भनाइ छ । केन्द्रीय मेडिकल स्टोर बारा, पथलैयाले पारासिटामोल पाँच सय एमजीको वितरण गरेको जनाइएको छ ।
सिटामोल छ, सञ्चित नगरौँ
सिटामोलको औषधि अभावलाई ध्यानाकर्षण गर्दै नेपाल औषधि उत्पादक सङ्घ र सरकार मातहत रहेको नेपाल औषधि लिमिटेडले पनि सिटामोल उत्पादनलाई बढाएको छ । नेपाल औषधि लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाहले कोरोनाका कारण बजारमा सिटामोलको अभाव भएको बताउनुभयो ।
कोरोना बढ्ने हल्लापछि सर्वसाधारणले धेरै सिटामोल सञ्चित गर्न थालेको आरोप लगाउँदै महाप्रबन्धक सफिउल्लाहले भन्नुभयो– “केही दिनदेखि सर्वसाधारणसमेत एक दुई पत्ता सिटामोलका लागि औषधि लिमिटेडमा आउने गरेका छन् ।’’ दुई दिनमा छ लाख सिटामोल उत्पादन भइरहेको जानकारी दिँदै उहाँले मौसम परिवर्तनले गर्दा मानिसमा रुघाखोकी, ज्वरो आउने भएकाले हवात्तै माग बढेको बताउनुभयो ।
शुक्रबार मात्र शिक्षण अस्पताल वरिपरि भएका हरेक फार्मेसीमा दुई हजार पाँच सय ट्याब्लेटका दरले सिटामोल वितरण गरिएको जानकारी दिँदै उहाँले हरेक अस्पतालमा लिमिटेडले सिटामोल पु¥याउने बताउनुभयो । सिटामोल सञ्चित गर्ने परिपाटीको अन्त्य हुनुपर्ने उहाँको भनाइ छ । औषधि लिमिटेडमा खरिदको झन्झटिलो प्रक्रिया र खरिदको सिलिङले पनि औषधि तथा सिटामोल उत्पादनलाई गाह्रो पारिरहेको उहाँले बताउनुभयो ।
दुई करोडभन्दा बढी उत्पादन
नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले पछिल्लो समय सिटामोल उत्पादन बढाएको बताउनुभयो । सिटामोल नेपाली औषधि उत्पादकले धानिरहेको भन्दै उहाँले कोरोनाका कारण माग ह्वात्तै बढेको बताउनुभयो । महिनामा डेढ करोड सिटामोल उत्पादन गर्दै आइरहेकोमा माग बढेपछि दुई करोडभन्दा बढी सिटामोल उत्पादन गरिरहेको उहाँले बताउनुभयो ।
नेपाली उत्पादकले सिटामोल नाफामूलक नभई सामाजिक उत्तरदायित्वको भावनाले उत्पादन गरिरहेको जानकारी अध्यक्ष पाण्डेले दिनुभयो । महिनाको डेढ करोड उत्पादन गरिरहेकोमा हाल माग बढेपछि उत्पादनलाई थप बढाइएको छ । कोरोनाले माग बढाएको भन्दै उहाँले २०६४ साल माघ १० गते समायोजन भएको औषधिको मूूल्य अहिलेसम्म्म त्यही मूूल्यमा बेचिरहनुपरेको गुनासो गर्नुभयो ।