माओवादी केन्द्रको स्थायी समिति बैठक : सम्मेलन तयारी केन्द्रीत छलफल शुरु
सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले सम्मेलन केन्द्रीत छलफल शुरु गरेको छ ।
सोमवार केन्द्रिय पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरु गठनको विषयका बारेमा छलफल भएको हो ।
बैठकपछि पार्टीका प्रवक्ता कृष्णबहादुर महराले स्थायी कमिटीको बैठकमा पार्टीका बारेमा विभिन्न कुराहरु उठेको तर निष्कर्षमा नपुगिएको बताए । उनले स्थायी कमिटीमा उठेका कुराहरुलाई छलफलपछि मात्रै निष्कर्षमा लैजाने बताए ।
पार्टी प्रबक्ता महराले भने ‘आज नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटीको बैठक शुरु भयो, आज खास गरेर आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरु गठनको विषय प्रवेश गरेको छ, विषय निष्कर्षमा पुगेको छैन, भोलि बिहान ८ बजे फेरि स्थायी कमिटीको बैठक बस्छ र भोलि निर्णय हुन्छ, एजेण्डा प्रवेश भएको छ, छलफल शुरु भएको छ, भोलि मात्रै निर्णय हुन्छ ।’
स्थायी कमिटीको बैठक भोली मंगलवार बिहान ८ बस्नेछ ।