राष्ट्रिय सभाबाट विनियोजन विधेयक पास, अब प्रतिनिधिसभा र राष्ट्रपतिमा जाने
राष्ट्रिय सभाबाट विनियोजन विधेयक पास भएको छ । बिहीवार बसेको राष्ट्रिय सभाको बैठकले विनियोजन विधेयक पास गरेको हो ।
बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको विनियोजन विधेयक २०७८ मा उल्लेखित विनियोजन शिर्षकहरु माथिको छलफलमा भाग लिन सांसदको नाम मागेका थिए । तर कुनै दलबाट नाम नआएपछि अध्यक्ष तिमल्सिनाले राष्ट्रियसभाबाट विनियोजन विधेयक पास गर्नुभएको हो ।
बिहीवारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिरोध कायमै राखेको थियो । राष्ट्रियसभाको अर्को बैठक असोज ८ गते शुक्रवार ११ बजे बस्नेछ ।
राष्ट्रिय सभाबाट पारित भएपश्चात प्रतिनिधिसभामा जाने र त्यहँबाट पारित गरेपछि राष्ट्रपतिकोमा प्रमाणीकरण गराउने काकर्यक्रम छ ।
राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि बजेट खर्चको लागि बाटो खुला हुनेछ ।