अखिल क्रान्तिकारीको सम्मेलन असोज १४, १५ र १६ गते काठमाडौंमा हुने

मूलखबर संवाददाता
काठमाडौं, ५ असोज ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल (क्रानितकारी) को राष्ट्रिय सम्मेलन एक साताका लागि सरेको छ । एक साता पछि गर्ने गरी सम्मेलन सरेको अखिल क्रानितकारीका महासचिव उत्तम अधिकारीले जानकारी दिए ।
पार्टी अध्यक्ष प्रचण्डसँगको छलफलपछि सम्मेलन एक साता पछि सार्ने निर्णय लिएको हो । छलफलमा माओवादी केन्द्रका नेता एवम् विद्यार्थी फाँट हेर्ने फ्याक्सन इञ्चार्ज हितमान शाक्य समेत सहभागी थिए ।

प्रचण्डले सर्वसहमतिमा राष्ट्रिय सम्मेलनबाटै नयाँ नेतृत्व चुन्न सुझाव दिएका विद्यार्थी नेताले बताए । नयाँ नेतृत्वका लागि उपाध्यक्षहरु सुरेन्द्र बस्नेत, पञ्चा सिंह, दिपक देवकोटा, तिलक भण्डारी र महासचिव उत्तम अधिकारी मुख्य दावेदार छन् ।

अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन यही असोज ८, ९ र १० गते गर्ने भनिएको थियो । तर तयारी नपुगेपछि एक साता पछि सार्ने निर्णय भएको महासचिव अधिकारीले बताए ।