माओवादी केन्द्रले टुंग्यायो जिल्ला, प्रदेश र विभागका इन्चार्जहरु, लमजुङ र डोल्पा खाली (नामावलीसहित)
सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीको आन्तरिक संगठन सुदृढ गर्नको लागि जिल्लादेखि प्रदेश र केन्द्रीय विभागमा पदाधिकारीहरुको जिम्मेवारी टुंग्याएको छ ।
लामो कसरत र विवादका बीच नेकपा (माओवादी) केन्द्रले प्रदेशका इन्चार्ज, अध्यक्ष र जिल्ला पदाधिकारी टुङ्ग्याएको हो । केन्द्रीय समिति बैठकबाट नै प्रदेश इन्चार्ज र अध्यक्ष टुङ्ग्याउने आवाज उठे पनि माओवादी केन्द्रले बैठक लम्बिने भन्दै भदौ ५ र ६ गते बसेको स्थायी समितिको बैठकले संगठनात्मक कार्यविभाजन गरेको हो ।
जस अनुसार केन्द्रीय प्रशिक्षण विभागको इन्चार्ज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै रहेका छन् भने नारायणकाजी श्रेष्ठलाई प्रवास समिति इन्चार्जको जिम्मेवारी दिइएको छ । आर्थिक विभागको जिम्ेवारी पुर्व अर्थ तथा उर्जा मन्त्री वर्षमान पुन अनन्तले पाएका छन् । त्यसैगरी संगठन विभागको इन्चार्जको जिम्मेवारी अर्थमन्त्री समेत रहेका जनार्दन शर्माले पाएका छन् भने प्रचार विभागको जिम्मेवारी पुर्व सभामुख कृष्णबहादुर महराले पाएका छन् ।
पार्टीले सचिवालय, स्थायी समिति र केन्द्रीय समितिका सबै नेताहरुलाई जिम्मेवारी दिएको छ । त्यसैगरी ७७ जिल्ला समिति र विभिन्न् गैर भौगोलिक जिल्ला समिति र केन्द्रीय विभागको जिम्मेवारी पनि ठोस गरिएको छ । लमजुङ र डोल्पाका इन्चार्जहरु भने खाली राखीएको छ । लमजुङबाट केन्द्रीय सदस्य रहेको देवेन्द्र पराजुलीलाई सम्पर्क विभागको सचिवमा राखिएपछि लमजुङ खाली भएको छ भने डोल्पाबाट केन्द्रीय सदस्य सहेकी सत्या पहाडि पनि सम्पर्क समन्वय विभाग र सहकारी विभागको इन्चार्ज र अध्यक्ष भएपछि उक्त जिल्ला खाली भएको हो ।
एमालेसँगको पार्टी एकताबाट बनेको तात्कालिन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को संगठनात्मक संरचनाकै आधारमा माओवादी केन्द्रले आफ्नो पार्टीको संरचनामा तयार गरेको हो । व्यापक सांगठनीक हेरफेर नभएपनि माओवादीका विगतका कतिपय संरचना भने खाली नै राखेको छ ।
त्यसैगरी विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको जिम्मेवारीका लागि वर्षमान पुनको नेतृत्वमा कार्यदल बनाइएको छ ।
हेरौं स्थायी समिति बैठकपछि जारी गरिएको विज्ञप्ति