गण्डकी प्रदेशको बजेट ३० अर्ब ४ करोडको, (पूर्ण पाठ)

मूलखबर संवाददाता
पोखरा, २ असार

गण्डकी प्रदेश सरकारको आगाभी आर्थिक वर्ष २०७८÷०७९ को लागि ३० अर्ब तीन करोड ९४ लाख २७ हजारको बजेट सार्वजनिक गरेको छ ।
प्रदेश सरकारका तर्फवाट मुख्यमन्त्री एंव अर्थ मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सभाको मंगलवारको बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनीक गर्नु भएको हो ।
चालु आर्थिक बर्ष २०७७÷०७८ को भन्दा आगामी आर्थिक वर्षको बजेट करिव चार अर्ब बढीले कम छ । प्रदेशको चालु वर्षको बजेट ३४ अरब ८४ करोड २१ लाख ६० हजार रहेको छ ।
सावजनिक गरिएको बजेटमा चालुतर्फ १३ अरब ६ करोड ४७ लाख ९४ हजार, पुँजीगततर्फ १६ अरब ७३ करोड ४३ लाख ३३ हजार र वित्तीय व्यवस्थातर्फ २४ करोड रहेको छ ।
कुल बजेटमा चालु तर्फ ४३ दशमलव ५, पुँजीगततर्फ ५५ दशमलव ७ र वित्तीय व्यवस्थातर्फ ० दशमलव ८ प्रतिशत रहेको छ ।
कुल बजेट मध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान सात अर्ब ४२ करोड २८ लाख, सशर्त अनुदान ४ अर्ब १८ करोड ४३ लाख, समपूरक अनुदान ८७ करोड ३६ लाख, विशेष अनुदान ५४ करोड ९० लाख, राजस्व बाँडफाँटबाट ७ अरब ६२ करोड ७० लाख, रोयल्टी ३० करोड, आन्तरिक राजस्वबाट ४ अरब ९८ करोड २७ लाख २७ हजार प्राप्त हुनेछ ।

बजेटमा न्युन रहेको ४ अर्ब १० कारोड पुर्ती गर्न चालु आर्थिक वर्षको असार मसान्तसम्म खर्च नभई बाँकी रहने अनुमानित नगद २ अरब १० करोड सगै आन्तरिक ऋणबाट १ अरब र नेपाल सरकारसँगको ऋणबाट १ अरब व्यहोरिने छ ।

भौतिक पूर्वाधार विकासमा जोड दिंदै अधुरा तथा क्रमागत आयोजनाहरूलाई सम्पन्न गर्ने तथा पूर्वाधार विकास निर्माणका नयाँ आयोजनालाई विशेष प्राथमिकता दिने।
संविधान प्रदत्त प्रदेश क्षेत्राधिकारका विषयहरू थप प्रभावकारी रुपमा अगाडि बढाउने, संघीय सरकार र स्थानीय तहसँगको सहकार्य र समन्वयलाई जोड दिने।
सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय, पारदर्शी, सर्वसुलभ र प्रविधिमैत्री बनाई नागरिकको पहुँच अभिवृद्धि गर्ने,सार्वजनिक, सहकारी र निजी क्षेत्रमा उपलब्ध स्रोत र साधनको उत्पादनशील क्षेत्रमा परिचालन गरी दिगो एवम् उत्थानशील अर्थतन्त्र निर्माण गर्ने। समन्वय, सहकार्य र एकताको भावना अनुसार प्रदेश सरकारका काम कारवाही अगाडि बढाउने लगायत रहेका छन् ।

Bajet (1)