काठमाडौं उपत्यकामा असार ७ सम्म थपियो निषेधाज्ञा, केही खुकुलो, के के खुल्छन ?

मूलखबर संवाददाता
काठमाडौं, ३० जेठ

 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लागु गरिएको निषेधाज्ञा असार ७ गतेसम्म थपिएको छ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा अझ थप केही खुकुलो बनाएर कार्यान्वयन गर्ने निर्णय गरिएको जानकारी दिएका छन्।

खाद्यान्न, किराना र डिपार्टमेन्टल स्टोरसहित तरकारी, मासु र दुग्धजन्य पदार्थको विक्री तथा वितरण गर्ने पसलहरू बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ।

त्यस्तै अत्यावश्यक वस्तुहरूको ुअनलाइन तथा टेक अवेु सेवा ुहोम डेलिभरीु प्रयोजनका लागि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ।

गत हप्ता सर्वोच्च अदालतले अनलाइन माध्यमबाट सामान खरिदबिक्री र होम डेलिभरी सेवा नरोक्न अन्तरिम आदेश दिएको थियो। आइतवार बसेको उपत्यकाका तीन जिल्लाका प्रजिअहरूको बैठकले उक्त निर्णय गरेको ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले बताए।

अब के गर्न पाइन्छ ?

त्यस्तै विकास निर्माणका कार्य अघि बढाउनका लागि आवश्यक ढुवानी सेवा सञ्चालन गर्न सहज बनाइएको छ। निर्माण सामाग्री ढुवानीका लागि सवारी साधन राति ९ बजे देखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने छ।

तर सार्वजनिक तथा निजी सवारी साधनका हकमा लागु व्यवस्था भने कायम नै रहनेछ।

सवारी साधन मर्मतका लागि वर्कशपहरू बेलुका ९ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ।

निरौलाका अनुसार कृषिकार्यसँग सम्बन्धित ढुवानी र आवतजावतका विषयमा केन्द्रित रहेर सहजीकरण गर्ने पनि निर्णय गरिएको छ।

त्यस्तै पुस्तक पसल पनि बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ भने निर्माण सामग्रीका पसलहरू अपराह्ण ४ बजेबाट खोल्न पाइने बताइएको छ।

अध्ययनका लागि विदेश जाने लगायतका विषयका कारण हिँडडुल गर्नुपर्ने मानिसका लागि पनि व्यवस्था केही खुकुलो पारिएको निरौलाले जानकारी दिए।

विवाह र व्रतबन्धको हकमा बढीमा सात जनासम्म स्वास्थ्य मापदण्ड पालना गरी आफ्नै घर वा बसेको स्थानमा मात्र गर्न पाइने निर्णय गरिएको छ।

हप्तामा दुई दिन (आइतवार र बिहीवार ) मात्रै सञ्चालन गर्नेगरी सहकारी संस्था तथा रेमिटहरू पनि खोल्न पाइने व्यवस्था गरिएको छ।