यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
प्रक्रियामा छिर्यो अब विधान सम्मत हल खोजीन्छ : झलनाथ खनाल, वरिष्ठ नेता, नेकपा. प्रक्रियामा छिर्यो अब विधान सम्मत हल खोजीन्छ: झलनाथ खनाल, वरिष्ठ नेता, नेकपा. नेकपाको सचिवालय बैठकको निर्णयलाई कसरी बुझ्न सकिन्छ? प्रधानमन्त्रीका तर्फबाट विधि र प्रक्रियालाई मान्ने खालको, पार्टीलाई मान्ने खालको कुरा आयो । यसलाई हामीले पार्टीको जितका अर्थमा बुझ्न सक्छौँ । पार्टीको बैठकै नमान्ने, बैठकै आयोजना नगर्ने, बहुमतको कुरै नसुन्ने अवस्था थियो । अब त्यो समाप्त भएर बैठक सुन्ने, बैठकमा उपस्थित हुने प्रक्रियाको थालनी भएको छ । यसलाई हामीले सकारात्मक रूपमै लिएका छौँ । अब जति पनि विषयवस्तु आएका छन्, ती सबै विषयवस्तुमा छलफल हुन्छ । छलफलका लागि प्रधानमन्त्रीले तयारी चाहिन्छ भनेर दश दिन माग गर्नुभएको कारण उहाँलाई बैठकले दश दिनको समय दिएको छ । दश दिनपछि सचिवालयको बैठक बस्ने, लगत्तै १८ गते स्थायी कमिटी, त्यसपछि २५ गते केन्द्रीय कमिटी बैठक बस्ने पुनर्तालिका ९रिसेटिङ० गरेका छौँ ।. नेकपाभित्र जुनस्तरको संकट देखिन्छ, त्यसलाई हेर्दा १० दिन समय लामो हो कि छोटो हो? होइन ठीकै छ । माग भएपछि पार्टीका विधि–प्रक्रियाअनुरूप राम्ररी छलफल गरेर जाने हो भने त्यसका लागि पार्टीले समय दिने कुरा जायजै छ ।. प्रधानमन्त्रीले अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई आरोपपत्र भएकाले जवाफसहितको अर्को प्रतिवेदन लेख्न समय लिएको भनिएकाले नेकपाभित्रको विवाद त झन् चर्किने गरी गर्मागर्मीतिर गएको हो कि भनेर अर्थ लगाउन सकिँदैन? त्यही हो, उहाँले जवाफ दिनुहुन्छ । जवाफ आएपछि छलफल सुरु हुन्छ, त्यसले केही फरक पार्दैन । जतिवटा प्रस्ताव आए पनि त्यसले पार्टीलाई फाइदा नै पु¥याउँछ ।. सर्वसम्मत दस्ताबेज छलफलका लागि आउनुपर्नेमा फरक–फरक दस्ताबेज छलफलमा लगिने भएपछि बहुमत–अल्पमतको प्रक्रियामा लगेर टुंग्याउँदै जाने हो कि, अरू कुनै विधिबाट एकता नभत्किने गरी समाधान खोज्नुहुन्छ? हामीले जुन विधि र प्रक्रियाको कुरा गरिरहेका छौँँ, त्यही बाटोबाट अगाडि जान्छौँ ।. व्यापक आशंकाबीच बुधबार सचिवालय बैठक सम्पन्न भयो । के अब नेकपा फुटबाट जोगिएर एकताको बाटोतिर अगाडि बढ्न थाल्यो भनेर आशा गर्ने अवस्था छ? त्यो ठाउँ छ । प्रक्रियामा आउनु भनेको सकारात्मक कुरा हो । तर, विषयवस्तु वा अन्तर्वस्तु प्रस्तुत हुँदा कति मिलिन्छ, कति मिलिँदैन भन्ने कुरामा पनि भोलि प्रक्रियाबाटै हल गर्छ । मिल्यो सर्वसम्मत हुन्छ । मिलेन बहुमत र अल्पमतबाट निर्णय हुन्छ ।. नेकपा बनेपछिका निरन्तरका विवादहरू अन्तिममा दुई अध्यक्षबीच नियुक्ति, भागबन्डा र लेनदेनमै गएर टुंगिएकोजस्तो देखिन्छ । के अबको दश दिन पनि त्यसैगरी विवाद टुंग्याउने गरी समय लिएको हो भन्ने आधार छ, होइन? बिलकुलै होइन । अब यो दुई नेताबीचको मात्र विवाद रहेन, पार्टीको आन्तरिक विवाद हो । आन्तरिक विवाद आन्तरिक विधि र प्रक्रियाबाट हल हुन्छ ।. स्थायी कमिटीले पनि विधि र प्रक्रियाबाटै हल गरेको भनिएको होइन र रु अबचाहिँ कसरी हल गर्न खोज्नुभएको? त्यो नमान्दा त समस्या आएको हो । अबचाहिँ त्यसभन्दा उन्नतस्तरमा विधानबमोजिम हल गर्ने प्रयास गर्छौँ ।. अध्यक्ष प्रचण्डले पेस गरेको प्रतिवेदनमा अहिलेको समस्या समाधानका लागि मुलुक र जनताका लागि त्याग गर्ने पालो प्रधानमन्त्री केपी ओलीको हो भनिएको छ । तपाईंहरूको समेत समर्थनमा आएको त्यो प्रतिवेदनको आसय प्रधानमन्त्री ओलीको राजीनामा हो या अरू केही? त्यसको अर्थ पछि निस्किन्छ, अहिले निस्किँदैन । अहिले त्यस्तो अर्थ लगाउनु पनि हुँदैन ।- नयाँ पत्रिकाबाट.
प्रक्रियामा छिर्यो अब विधान सम्मत हल खोजीन्छ : झलनाथ खनाल, वरिष्ठ नेता, नेकपा
मूलखबर संवाददाता
काठमाडौं, ४ मंसिर ।
नेकपाको सचिवालय बैठकको निर्णयलाई कसरी बुझ्न सकिन्छ ?
प्रधानमन्त्रीका तर्फबाट विधि र प्रक्रियालाई मान्ने खालको, पार्टीलाई मान्ने खालको कुरा आयो । यसलाई हामीले पार्टीको जितका अर्थमा बुझ्न सक्छौँ । पार्टीको बैठकै नमान्ने, बैठकै आयोजना नगर्ने, बहुमतको कुरै नसुन्ने अवस्था थियो । अब त्यो समाप्त भएर बैठक सुन्ने, बैठकमा उपस्थित हुने प्रक्रियाको थालनी भएको छ । यसलाई हामीले सकारात्मक रूपमै लिएका छौँ । अब जति पनि विषयवस्तु आएका छन्, ती सबै विषयवस्तुमा छलफल हुन्छ । छलफलका लागि प्रधानमन्त्रीले तयारी चाहिन्छ भनेर दश दिन माग गर्नुभएको कारण उहाँलाई बैठकले दश दिनको समय दिएको छ । दश दिनपछि सचिवालयको बैठक बस्ने, लगत्तै १८ गते स्थायी कमिटी, त्यसपछि २५ गते केन्द्रीय कमिटी बैठक बस्ने पुनर्तालिका ९रिसेटिङ० गरेका छौँ ।
नेकपाभित्र जुनस्तरको संकट देखिन्छ, त्यसलाई हेर्दा १० दिन समय लामो हो कि छोटो हो ?
होइन ठीकै छ । माग भएपछि पार्टीका विधि–प्रक्रियाअनुरूप राम्ररी छलफल गरेर जाने हो भने त्यसका लागि पार्टीले समय दिने कुरा जायजै छ ।
प्रधानमन्त्रीले अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई आरोपपत्र भएकाले जवाफसहितको अर्को प्रतिवेदन लेख्न समय लिएको भनिएकाले नेकपाभित्रको विवाद त झन् चर्किने गरी गर्मागर्मीतिर गएको हो कि भनेर अर्थ लगाउन सकिँदैन ?
त्यही हो, उहाँले जवाफ दिनुहुन्छ । जवाफ आएपछि छलफल सुरु हुन्छ, त्यसले केही फरक पार्दैन । जतिवटा प्रस्ताव आए पनि त्यसले पार्टीलाई फाइदा नै पु¥याउँछ ।
सर्वसम्मत दस्ताबेज छलफलका लागि आउनुपर्नेमा फरक–फरक दस्ताबेज छलफलमा लगिने भएपछि बहुमत–अल्पमतको प्रक्रियामा लगेर टुंग्याउँदै जाने हो कि, अरू कुनै विधिबाट एकता नभत्किने गरी समाधान खोज्नुहुन्छ ?
हामीले जुन विधि र प्रक्रियाको कुरा गरिरहेका छौँँ, त्यही बाटोबाट अगाडि जान्छौँ ।
व्यापक आशंकाबीच बुधबार सचिवालय बैठक सम्पन्न भयो । के अब नेकपा फुटबाट जोगिएर एकताको बाटोतिर अगाडि बढ्न थाल्यो भनेर आशा गर्ने अवस्था छ ?
त्यो ठाउँ छ । प्रक्रियामा आउनु भनेको सकारात्मक कुरा हो । तर, विषयवस्तु वा अन्तर्वस्तु प्रस्तुत हुँदा कति मिलिन्छ, कति मिलिँदैन भन्ने कुरामा पनि भोलि प्रक्रियाबाटै हल गर्छ । मिल्यो सर्वसम्मत हुन्छ । मिलेन बहुमत र अल्पमतबाट निर्णय हुन्छ ।
नेकपा बनेपछिका निरन्तरका विवादहरू अन्तिममा दुई अध्यक्षबीच नियुक्ति, भागबन्डा र लेनदेनमै गएर टुंगिएकोजस्तो देखिन्छ । के अबको दश दिन पनि त्यसैगरी विवाद टुंग्याउने गरी समय लिएको हो भन्ने आधार छ, होइन ?
बिलकुलै होइन । अब यो दुई नेताबीचको मात्र विवाद रहेन, पार्टीको आन्तरिक विवाद हो । आन्तरिक विवाद आन्तरिक विधि र प्रक्रियाबाट हल हुन्छ ।
स्थायी कमिटीले पनि विधि र प्रक्रियाबाटै हल गरेको भनिएको होइन र रु अबचाहिँ कसरी हल गर्न खोज्नुभएको ?
त्यो नमान्दा त समस्या आएको हो । अबचाहिँ त्यसभन्दा उन्नतस्तरमा विधानबमोजिम हल गर्ने प्रयास गर्छौँ ।
अध्यक्ष प्रचण्डले पेस गरेको प्रतिवेदनमा अहिलेको समस्या समाधानका लागि मुलुक र जनताका लागि त्याग गर्ने पालो प्रधानमन्त्री केपी ओलीको हो भनिएको छ । तपाईंहरूको समेत समर्थनमा आएको त्यो प्रतिवेदनको आसय प्रधानमन्त्री ओलीको राजीनामा हो या अरू केही ?
त्यसको अर्थ पछि निस्किन्छ, अहिले निस्किँदैन । अहिले त्यस्तो अर्थ लगाउनु पनि हुँदैन ।- नयाँ पत्रिकाबाट