अमेरिकी राष्ट्रपतिमा बाजी मार्दै बाइडन, ट्रम्प अदालतमा

मूलखबर संवाददाता
काठमाडौं, २० कात्तिक ।

विश्व महाशक्तिको रुपमा रहेको संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडेनले बाजी मारेका छन् । नोभेम्बर ३ मा शुरु भएको राष्ट्रपतिय निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले वर्तमान राष्ट्रपति तथा रिपव्लीकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई कडा प्रतिस्पर्धाबीच पराजीत गरी राष्ट्रपति बन्न सफल भएका हुन् ।

निर्णायक मानिएको फ्लोरिडामा विजय भएसँगै ट्रम्प उत्साहित भएका थिए तर पछिल्लो अवस्थामा अन्य राज्यहरुमा ट्रम्पले बर्चश्व गुमाएपछि उनमा निराशा बढेको देखिएको थियो । ट्रम्पले आफू विरुद्ध धाँधली भएको रोप लगाउँदै अदालतमा जाने बताएका छन् । यद्यपी निर्वाचनको अन्तिम नतिजा भने आइसकेको छैन ।
यो समाचार तयार पार्दासम्म राष्ट्रपति ट्रम्पले २१४ र बाइडेनले २६४ इलेक्ट्रोल मत पाएका छन् । निर्वाचनमा विजय हाँसिल गर्न २७० इलेक्ट्रोल मत आवश्यक पर्छ जसको धेरै नजीक बाइडेन छन भने ट्रम्प धेरै पर छन् । पेन्सलभिनिया मा ट्रम्पले अग्रता लएिको भएता पनि नाभेडाको ६ मत नै बाइडेनको लागि काफी देखिएको छ ।