डा. केसीले तोडे २८ दिन लामो अनशन
सरकार र अनशनरत डा. गोविन्द केसीबीच गए राति सहमति भएपछि डा.केसीले आफ्नो २८ दिनलामो अनशन तोड्नुभएको छ । उहाँले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनशन तोड्नुभएको हो ।
सरकारद्वारा शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा गठित सकारी वार्ताटोली र डा.केसीका प्रतिनिधिबीच गए राति भएको आठबुँदै सहमतिपछि आइतबारबाट डा.केसीले अनशन तोडनुभएको हो ।
सरकार र डा.केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागुन १० भित्र पढाई सुरु गर्ने सहमतिमा उल्लेख छ ।
यस्तै विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम् वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति भएको छ ।
यस्तै चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा. केसीबीच २०७५ साउन १० लाई पनि राख्ने सहमतिमा उल्लेख छ ।