नेकपामा महाधिवेशनको प्रस्ताव प्रवेश : सहमतिको विकल्प की अर्को फण्डा ?
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठकमा एकता महाधिवेशनको प्रस्ताव प्रवेश गरेपछि यसले राजनीतिमा नयाँ तरंग सिर्जना भएको छ ।
पार्टीमा देखिएको विवाद समाधान गर्न अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच लामो छलफल र रस्सकस्सी चलिरहेको बेला प्रधानमन्त्री ओलीले मंसिरमै महाधिवेशनको प्रस्ताव ल्याएपछि विवादले नयाँ मोड लिने आशंका गरिएको छ ।
जारी स्थायी समिति बैठक रोकेर हिजो बसेको सचिवालय बैठकमा महाधिवेशनको प्रस्ताव आएपछि यस अघि उठ्दै आएको ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै छाड्नुपर्ने विषय ओझेलमा पर्न गएको जस्तो देखिएको छ ।
अध्यक्ष प्रचण्ड सहितका माधव नेपाल झलनाथ खनाल, बामदेव गौतम, रामबहादुर थापा र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले दुबै पद छाडेमात्रै सहमति हुन सक्ने भन्दै अडान राखीरहेका बेला आएको प्रधानमन्त्रीको यो प्रस्ताव लिखित भने नभएको प्रबक्ता नारायणकाजी ।ेष्ठको भनाई छ ।
बैठकपछि शनिबार राती प्रबक्ता श्रेष्ठले भन्नुभयो सहमति जुटाउन सबै विकल्पमा छलफल भएका छन् तर केही पनि निर्णय भएको छैन ।
प्रधानमन्त्री निवासमा शनिबार बसेको सचिवालय बैठकमा एकता महाधिवेशनले अहिलेको समस्या समाधान गर्न सक्ने समान धारणा राखिएको र त्यसका लागि थप गृहकार्य गर्ने सहमति भएको प्रचार गरिएको छ ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले समस्याको समाधान गर्ने जिम्मा पार्टी अध्यक्षद्वयलाई दिइएको जानकारी दिनुभयो । अहिले राष्ट्रको आवश्यकता के हो रु त्यो सम्बोधन हुुनेगरी पार्टीको आन्तरिक सङ्कट सहमतिका आधारमा कसरी समाधान गर्ने भन्ने विषयमा दुवै अध्यक्षबीच छलफल भइरहेको छ । प्रवक्ता श्रेष्ठले यो बैठकले पनि अझै छलफल गर्न दुवै अध्यक्षलाई जिम्मेवारी दिएको कुरा स्पष्ट पार्नुुभयो ।
पार्टी एकताको रक्षा गर्ने, सुदृढ गर्ने, नेपाली समाजको आवश्यकता के हो रु त्यसको सम्बोधन गर्न जनताले जनादेश दिएकाले सोही अनुसार नै काम गर्ने र पार्टीमा देखिएको सङ्कट समाधान गर्नेगरी अगाडि बढ्ने सहमति भएको तथा त्यसको निकास अध्यक्षद्वयले दिनेगरी जिम्मेवारी दिइएको बत९ाइएको छ । पार्टीमा निकास दिनेगरी छलफल जारी छ । पूर्व निर्धारित कार्यक्रम अनुसार नै आइतबार स्थायी कमिटीको बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने विषय औपचारिक रूपमा बैठकमा नआएको प्रस्ट पार्दै नेताले बैठकमा आफ्नो विचार राख्ने क्रममा आएका कुरा मात्रै रहेका छन्, यद्यपि त्यसको विषयमा पनि पार्टीमा छलफल हुनेछ भन्नुुभयो । केही दिनदेखि अध्यक्षद्वयबीच पटक पटक छलफल भएको छ तर कुनै निकास निस्केको छैन ।
शनिबारको सचिवालय बैठकले दुवै अध्यक्षबीच छलफल गरेर पार्टीको आन्तरिक विवाद समाधान गर्नेगरी निकास दिन सुझाव दिएको छ । आइतबार अपराह्न ३।०० बजे स्थायी कमिटी बैठक बस्नुअघि अध्यक्षद्वयबीच छलफल हुने बताइएको छ । सचिवालयको बैठकलगत्तै अध्यक्षद्वय ओली र प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जानुभएको थियो ।
राष्ट्रपतिसँगको भेटपछि प्रचण्डले सबै विषयमा छलफल मात्रै भएको तर कुनै पनि विषयमा सहमति नभएको स्ष्पट पार्नुभएको छ ।
प्रचण्डको सचिवालयले सहमति भएको भन्ने हल्ला निराधार भएको र त्यसमा कोही पनि भ्रमित नहुन अपील गरेको छ ।
प्रचण्डले माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायत नेताहरुसँग छलफल नगरी आफू एक्लैले कुनै पनि सहमति ओलीसँग नगर्ने स्पष्ट पार्नुभएको उहाँको सचिवालयले बताएको छ ।
यससँगै नेकपाको आज बस्ने स्थायी समिति बैठकमा सचिवालयको छलफल कसरी प्रवेश हुने हो र यसले अत्यन्त तिक्ततामा पुगेको नेकपा विवाद समाधान हुने हो की झन बल्झने हो त्यो भने पर्खेर हेर्नुपर्ने भएको छ । किनभने महाधिवेशन मंसिरमा गर्ने कुरा सम्भवै नभएको नेताहरुको प्रतिक्रिया छ । पहिलो कुरा कोभिडको सन्त्रास कायमै छ, दोश्रो कुरा अहिलेसम्म नेकपाका कुनै पनि कमिटिहरु पूर्ण भइसकेका छैनन, र क्रियाशील पनि छैनन्, तेश्रो कुरा नेताहरुले सचिवालयमा गरेका निर्णयहरुको परिपालना भएकै छैन । त्यसकारण नेकपाको यो महाधिवेशनको कुरा पनि बैसाख २० गते गरिएको प्रचण्डलाई कार्यकारी भुमिकासहितको अध्यक्ष र बामदेवलाई प्रधानमन्त्रीको प्रस्ताव जस्तै हुने हो की ?