कोरोना कहर : हजार नाघे संक्रमित, १८७ जना डिस्चार्ज, आज थपिए १ सय ५६ जना संक्रमित

मूलखबर संवाददाता
काठमाडौं, १५ जेठ ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को महामारी प्रतिदिन वढिरहेको छ

नेपालमा कोरोना देखिएको ४ महिना पुरा हुँदा नेपालमा कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ । बिहीबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ४२ पुगेको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

नेपालमा पहिलो पटक माघ १० मा चीनबाट आएका नेपाली विद्यार्थीमा कोरोना पुष्टि भएको थियो । पछिल्लो समय कोरोना संक्रमण न्यूनीकरणका लागि लकडाउन गरिएपनि संक्रमित भने थपिने क्रम तीव्र बनेको छ।

देवकोटाका अनुसार हाल सम्म नेपालमा कोरोनाको प्रकोपकै कारण ५ जनाको ज्यान गएको छ भने १ सय ८७ जना उपचारपछि निको भएर घर फकिृउका छन् ।