काेभिड महामारी, विश्व शक्ति राजनीति र नेपाल
सन् २०२० काे प्रारम्भसंगै काेराेना भाईरसले संकट दिनानुदिन गहिरो हुँदै गएकाे छ । अाधुनिक मानव सभ्यताले कहिल्यै भाेेग्न नपरेकाे सबैजसो अन्तर्राष्ट्रिय उडानहरुमा लागिपरेका प्रतिवन्ध र संसारभर एकैपटक जसाे लागेकाे लकडाउन र अाफ्नै वासस्थानमा बन्दी जीवन र अट्ठहासपुर्ण दैनिकी मानवजातीमा अाईलागेकाे सबैभन्दा ठुलो विपत्तिकाे द्याेतक हाे ।
संसार महामारीको चपेटामा छ र प्राकृतिक चुनाैती सामना गर्न जुटेको छ । खासमा चिकित्सा विद्या, अनुसन्धाता र अाधुनीक विज्ञानको विरासतलाई चुनाैती दिएकाे काेभिड-१९ नामक महामारीले क्रमश: राजनीति, सुरक्षा, अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रणाली र समग्र मानव जीविशिषालाई प्रभाव पारेकाे छ । जब चुनाैती सामना गर्ने एउटै प्रष्ट उपाय उपलब्ध हुन्न तब चुनाैती सामना गर्न वस्तुसँगत बैज्ञानिक चिन्तन मनन र विकल्पहरु मात्रै हैन अनेकानेक नन्दिभृङ्गि, बहुरुपि, सनसनीहरुले पनि वजार तताँउन प्रयत्न गर्छन । अझ गज्जव त के भने सरकार प्रमुख देखि जिम्मेवार तहमा वसेका अरु कतिपय पनि किंकर्तव्यविमुढ हुँदा अकर्मण्यता माैलाएकाे छ । संकटापन्न संसारभरबाट सम्प्रेषित समाचारले त्यस्तै दर्शाउँछन । मानव सभ्यताको लामाे कालखण्डमा दुर्लभ अाईलाग्ने यस्ता महामारीको प्रतक्ष्य साक्षात्कार गर्ने एउटा मनुष्यकाे हैसियतले प्राकृतिक विपत्तिमा संययता, बैज्ञानिकता र खाेजतर्फ मानव समुदायलाई अभिप्रेरित गर्नु कर्तव्य र जिम्मेवारी दुबै हाे । मनाेवल उच्च राखेर सम्भावित उपचारको विकल्पमा अहाेरात्र खटेका संसारभरका बैज्ञानिकहरु अशाका श्राेत हुन । श्वास थुनेर मानिसहरु अाैषधी वा खाेप अाविश्कारकाे पर्खाइमा पर्खालभित्र कैद छन ।
याे मानवजाती माथि अाईलागेकाे विपद हाे । तैपनि सामनामा एकरुपता र ऐक्यबद्धताकाे सट्टामा वैश्विक राजनीति समेत देखापर्नु निन्दनीय र उदेकलाग्दो छ । जब महामारीले चीनलाई मुख्य चपेटामा लपेट्याे त्याे समयमा संसारभरवाट प्रतिक्रियाहरु जे अाए ती त्यति परिपक्व हैन रहेछन, संकट गहिरिदैं जाँदा अामरुपमा धारणाहरु बदलिँदो छन ।
दाेश्राे विश्वयुद्धपछि दुई केन्द्र मध्ये एक र शीतयुद्ध पछिकाे एकल महाशक्तिका रुपमा अाफुलाई स्थापित गरेकाे शक्तिशाली राज्य अमेरिका र उसका राष्ट्रपति माननीय डाेनाल्ड ट्रम्पले जे जसरी याे महामारी बारे प्रतिक्रिया दिए, हँसिमजाकमा उडाउन खाेजे, चिनकाे खिसि ट्युरि गरेकाे अाराेप सत्य नजिक भएको लाग्याे । विश्व महाशक्तिका प्रमुख लिडरमा शाेभनीय परिपक्वता देखिएन भन्ने प्रशस्त अावाजहरु उठे । व्यवहारत: ट्रम्पका अभिब्यक्ति एक किसिमको अहम वा फुर्तिका अंश मात्रै हुन भन्नेहरु थुप्रै देखिए । जब काेभिड-१९ नामकाे साँच्चिकै बाघले मुलत: युराेप र प्रतक्ष्यत: अमेरिकालाई पनि तान्न शुरु गर्याे तब युराेप र अमेरिकाकाे तयारी अनि “फुर्ति” दयनीय अवस्थामा देखिन थाल्याे । जब अमेरिकाकाे हवाईग्राउण्मा १००० थान चीनिया भेन्टिलेटर सहितका स्वास्थ्य सामग्री विश्वले देख्याे र सुन्याे तब अमेरिकाको तयारी दयनीय अवस्थामा रहेकाे कुरा एक्स्पाेज भयाे । एकहप्ता भित्र अाफ्ना नागरिकहरु अमेरिकाबाट फिर्ता लग्न सबै देशलाई अनुरोध गर्दै अन्यथा ती मुलुकका नागरिकलाई भीजा नदिने राष्ट्रपति ट्रम्पकाे ऐलानले अहिलेसम्मकै जटिल अवस्थाकाे चित्रण गर्छ । त्यसैगरि विश्व स्वास्थ्य संगठनलाई दिईरहेकाे अार्थिक सहयाेग स्थगित गरेर अमेरिकी राष्ट्रपति ट्रम्पले जटिलता मा अर्को राजनीतिक जटिलता पनि थपिदिएका छन ।
अप्रिल १५ सम्ममा सार्वजनिक तथ्यांकहरुमा काेभिड १९ बाट सबैभन्दा वढि अाक्रान्त अमेरिका छ । चुनावी प्रतिष्पर्धा र काेभिड १९ काे महामारी सामनाकाे चुनाैतिविचमा अस्थिर र तरल विचारहरु सम्प्रेषण गरेको भन्दै अमेरिकाभित्र र बाहिरवाट अब अमेरिकाले वर्तमान संसारकाे नवीन उदारबादी रुलिङ नेतृत्व गुमाउन सक्ने चेतावनीसमेत राष्ट्रपति ट्रम्पलाई दिएका खवरहरुले सामाजिक संजाल भरिएका छन । वास्तविकतामा अमेरिका संसारभरकाे महामारीबाट एकातिर र अर्कोतिर अान्तरिक राजनीतिकाे चपेटामा परेको छ । दाेश्राे विश्वयुद्धपछि एकछत्र जस्तै शक्तिकेन्द्रमा रहेकाे अमेरिकाको ताज यसपालि बच्छ कि बच्दैन शंकाकाे घेरामा छ ।
अाधुनिक समाजको भुस्वर्गकाे परिकल्पना गर्दै युराेप र अमेरिका मा वसाेवासकालागि मरिहत्ते गर्ने मानवसमुदायको मनाेवैज्ञानिकता संकटमा छ । के अाधुनिक संसारकाे भुस्वर्ग युराेप र अमेरिका हाे त ? प्रश्नहरु उठेका छन । साम्राज्यवादीहरु र प्रतिक्रियावादीहरु केवल कागजी बाघमात्रै हुन (ईम्पेरिज्म एण्ड अल रियाक्सनरिज अार पेपर टाईगर्स) भन्दै सन् १९५७ मा चीन कम्युनिस्ट पार्टीका अध्यक्ष माअाेत्सेतुङले एक अन्तर्वार्तामा उल्लेख गरेकाे प्रसंग पनि जवरजस्त यादमा अाएकाे स्थिति छ । संकट चुलिदैं जाँदा युराेपका कतिपय सरकार प्रमुख र मन्त्रीहरुले “दु:खकाे समयमा हामीलाई सहयाेग गर्ने चीन मात्रै भयाे” भनेर चीनप्रति सद्भाव र अनुग्रह सम्प्रेषण गरेका समाचारहरु पनि सार्वजनिक भए । ईयुमा अावद्ध र शीतयुद्धकाे समयदेखि नै अमेरिकी गठवन्धनमा समावेश देशहरूले समेत अमेरिकातिर भन्दा चीनतर्फ अाशामिश्रित नजरले हेर्नू पर्ने परिस्थिति देखियाे । यी समग्र परिवेशलाई नियाल्दा कतै विश्व शक्ति सन्तुलनमा नै परिवर्तन अाउने त हैन ? सम्मका अडकलवाजीहरु गरिएको छ । अझ पछिल्लो समय अमेरिकाकाे न्युयोर्कका गभर्नरले ट्रम्प राष्ट्रपति हुन राजा हाेईनन भन्ने भनाइ सार्वजनिक गरेसँगै अमेरिका वैश्विक समस्या समाधानमा नेतृत्व गर्नु त कता हाे कता अान्तरिक चुनाैती व्यवस्थापन गर्न समेत हम्मेहम्मे अवस्थामा छ भन्ने देखिन्छ ।
अाधुनिक स्वास्थ्य प्रणालीले बैज्ञानिक चिकित्सकिय उपाय पत्तालगाउन नसकेको वर्तमान परिवेश महामारीको उर्भर भूमि हाे । मानिसहरूकाे भाैतिक दुरिलाई कायम राख्ने, घरमा नै स्ववन्दि भै रहने र सबै सार्वजनिक समुहजन्य कामहरुलाई ठप्प पार्दै वन्दावन्दि(लकडाउन) कायम गर्ने अल्पकालीन उपाय अवलम्बन गर्न संसारभरका राज्यहरु बाध्य छन । यहि उपाय ठानिएको छ र उपचारको सर्वसम्मत विधि, अाैषधि र खाेप पत्ता लागेकाे छैन । पृथ्वी मा मात्रै नभई मंगलग्रहमा समेत वस्तिबसाउने विकल्पमा खाेजरत अाधुनिक विज्ञानलाई ठुलो चुनाैती अाईलागेकाे छ । “जाे जीता अाेहि सिकन्दर” भने झै याे महामारीको अाैषधि अाविश्कार गर्नेले नै विज्ञान र प्रविधि अनि वैश्विक राजकाे पनि नेतृत्व गर्ने निश्चित छ ।
वर्तमान संकटसमाधानमा मुलत: चीनले नेतृत्व लिएकाे छ । राेगकाे कारक भाईरसकाे पहिचान देखि संक्रमण फैलिन नदिन सामाजिक दुरि र लकडाउन उसैका उपायहरु हुन । शुरुमा चीनले गरेजस्तो गर्नु पर्छ भन्ने छैन भन्दै संकटकाे घनत्वलाई कम अाँकलन गर्नेहरु पनि थिए । महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति लगायत कतिपयले लकडाउन नगर्ने र अमेरिका “बन्द गर्नका लागि स्थापित मुलुक हैन” भनिरहँदा उनकाे ढाडसलाई संसारले त पत्यायन पत्याएन स्वयं अमेरिकी राज्यका प्रमुखहरुले समेत पत्याउन सकेनन र अत्यावश्यक वाहेकका अावत जावतमा प्रतिवन्ध लगाई सकेका छन । डाेनाल्ड ट्रम्पले अाफुले माक्स नलगाउने उदघाेष गरेकै पर्सिपल्ट फस्ट लेडि मेलिना ट्रम्पनै मास्क लगाएर सार्वजनिक भईन । राष्ट्रपति पदमा उनका प्रतिस्पर्धी ठानिएको जाेइ विडनले माक्सलगाउनु पर्ने प्रतिक्रिया दिएका छन । मलेरिया काे अाैषधि काेभिडमा उपयाेगि हुने भन्दै ट्रम्पले दिएकाे अभिव्यक्ति लाई अमेरिकी बैज्ञानिकहरुले नै अस्विकार गरिदिए । यी समग्र परिवेशले “ग्लाेवल सुपरपावर” काे अकर्मण्यता र निरिहता देखाई रहँदा “ग्लाेवल अडर” मा परिवर्तनको अाशंका गर्नेहरुकाे मतलाई पल्ला भारि बनाउनेछ । गाम्भिर्यता, जिम्मेवारी, भराेषा र विश्वसनीयता वैश्विक नेतृत्वमा हुनुपर्ने गुण हुन । जसले अार्जन गर्छ नेतृत्वमा अाउँछ, जसले गुमाउँछ नेतृतवबाट अाझेल पर्छ ।
- भुमण्डलिकरणकाे यस युगमा विश्व परिवेशकाे वाछिटा एशिया, दक्षिण एशिया र नेपालमा नपर्ने कुरै भएन । चीनमा पहिलोपटक देखिएकाे समस्यालाई चीनको मात्रै समस्या देख्नु वाह्य संसारकाे मुख्य कमजोरी रह्याे । जतिवेला चीनले हुवानमा लकडाउनकाे कहर झेल्दै थियाे त्यतिबेला पश्चिमा मिडियाहरु चीनकाे अर्थतन्त्र धाराशाहि भएकाेमा “खुच्चिङ”काे शैलिमा समाचार पस्कदैं थिए । नेपालकाे मुलधारकै मिडियामा पनि त्यहि शैलिमा समाचार र दृष्टिकोण सार्वजनिक गर्दा नेपालका लागि चीनका राजदुत हाउ याङछिले प्रेस विज्ञप्ति नै निकालेर अापत्ती जनाएको पनि नजिर छ । हत्पत्ती नवाेल्ने चीनले त्याे स्तरकाे विज्ञप्ति दिंदा तरङ्ग मात्रै पैदा भएन नेपाली मिडिया भित्रकाे अपरिपक्वता पाेखियाे । कम्तिमा नेपाल सरकारले परिपक्व निर्णय गर्याे र १ लाख थान मास्क सहायता स्वरुप चीन सरकारलाई हस्तान्तरण गर्याे । नेपाल सरकारकाे साह्रै परिपक्व काम थियाे त्याे । भारतमा पनि कतिपय मिडियाहरु काेभिडकाे महामारीलाई खेलाँचि गर्दै अतिरञ्जना पुर्ण र अपरिपक्व समाचारहरु पस्किएका थिए । याे छिमेकमा अागाे लाग्दा रमिते बन्ने र अाफुमा डडेलाे सल्कनसक्छ भन्ने कुराकाे हेक्का नभाकाे बहुलठ्ठिपन हाे ।
महामारीले चीन, युराेप, अमेरिका हुँदै क्रमशः एशिया, दक्षिण एशिया, भारत, नेपाल सम्म धावा बाेल्न थाल्याे अनि मात्र यी मुलुकहरु पनि चीनकै पदचिन्ह पछ्याउन बाध्य परिरहेको अवस्था छ । व्यापक जनघनत्व रहेकाे दक्षिण एशिया मात्र हैन १२५ कराेड जनसंख्या रहेकाे भारत, करीव ३ कराेड जनसंख्या रहेकाे नेपालमा समेत अमेरिका, युराेप, जापान, दक्षिण काेरिया, चीन अादि देशहरुमा रहेकाे जस्ताे स्वास्थ्य प्रबन्धहरु छैनन। सामान्य अवस्थामा नेपालमा भन्दा ९८ गुणा बढि प्रतिव्यक्ति स्वास्थ्य सेवा खर्च गरिरहेकाे स्विजरल्याण्डमा समेत काेराेना थेग्न हम्मेहम्मे परेकाे अनुभवबाट नेपालजस्तो मुलुकमा महामारी फैलियो भने थेग्न गाह्राे हुने र स्थिति भयावह हुने निश्चित छ । बस्तुपरक विकल्प पत्ता नलाग्दा सम्म र महामारी नियन्त्रणमा अाएकाे विश्वासिलो अाधार नवन्दा सम्म स्वगृहबन्दि र मानवसँग भाैतिकदुरि कायम गर्नु नै उत्तम उपाय हाे । यस्ताेमा सामाजिक, राजनीतिक, धार्मिक, साँस्कृतिक सहिष्णुता र एकता अपरिहार्य हुन्छ । यद्यपि कतिपय भारतका मिडियामा धार्मिक असहिष्णुता पस्कने माध्यमका रुपमा महामारीलाई उपयोग गरेकाे देखिन्छ । संकटलाई भ्रष्टाचार गर्ने अवसरमा लिएको र कमाउ माध्यमका रुपमा नेपाली सरकार र अधिकारीहरुले उपयोग गरिरहेका भन्दै समाचार सार्वजनिक हुनु, यस्ताे समाचार बन्ने ग्राउन्ड पैदा गर्नु सबै नेपालीको लागि लज्जाकाे विषय हुन ।
यदाकदा भारत र नेपालमा ईम्युनिटि पावर वढि छ काेराेनाले छुन्न भन्ने तर्कहरु पनि उठेकाे पाईन्छ । यहाँका भान्साहरुमा अदुवा, बेसार, दालचिनी, जिरा, पुदिना, मह, कागती, खुर्सानी अादि मसलाहरु अभिन्न अंश मानिन्छन । यीनिहरुकाे कारणले केहिहदसम्म सेल्फ ईम्युनिटि बढेकाे हुनपनि सक्छ । तर विज्ञानसम्मत पुष्टि नभै भरपर्नु हुन्न र सकिन्न । सरकारले समयमै लकडाउन गरेकाले र सुव्यवस्थित याेजना बनाएकाले डराउनु पर्दैन भन्नेहरु पनि छन । समयमै लकडाउन गरेकाे साँचाे र सहि हाे । तर लकडाउनबाट नागरिकमा र खासगरी दैनिक ज्यालादारीमा जीवन जाे हाे गर्नेहरुकाे स्थिति भयावह हुनेछ । यसतर्फ प्रचारमुखि भन्दा पनि बस्तुवादि याेजना बनाउनु पर्छ । यथार्थमा यहाँ याेजना कम र प्रचार बढि छ । सहकार्यको सवालमा पनि नेपालमा एककिसिमकाे अकर्मण्यता छ । सहायता माग्दा पनि व्यालेन्स गर्नु पर्ने “साना देशहरुकाे लक्षण” ले नेपाल अाक्रान्त छ । काेभिड १९ महामारीको सामना गर्न स्वास्थ्य सामग्रीको माग गर्न सिधै चीनलाई चिठि लेख्ने ताकत र सामर्थ्य सरकार सँग छैन । बराबर सामग्री माग गरिएका जुम्ल्याहा चिठ्ठी उत्तर र दक्षिण दुवैतिर पठाउनु पर्ने मनाेविज्ञानमा छ नेपाल । अनि मात्रै उत्तरबाट सहायता सामग्री नेपालमा झरेका छन । महाशक्ति अमेरिका त चीन, रुस लगायतवाट सामग्री सहायता लिईरहेछ भने हामी अझै हिच्किचाउन पर्ने अवस्थामा छाैं । अब पनि स्वास्थ्य सामग्रीको व्यापक जाे हाे गर्नु पर्ने छ । कूटनीतिक माध्यमबाट तत्काल पहल गरि विश्वास जित्न ढिला गर्नु हुँदैन ।
महामारी पिडितलाई अमेरिकामा ३ महिनासम्मकाे तलवि बिदा दिने घाेषणा गरिएको छ । युराेप स्वास्थ्य विमामा चिरपरिचित छ । सामाजिक सुरक्षाका दृष्टिले युराेपलगायतका विकसित देशहरु समृद्ध छन । महामारीको वाहेक भाेकमरिकाे चपेटामा ती परेका छैनन । विकासशील र अल्पविकसित देशमा भाेकमरिकाे समेत समस्या थपिने देखिन्छ । चीनले सम्पुर्ण उपचारखर्च सरकारी तवरबाट ब्यहाेर्ने, कर्मचारीहरुलाई तलवि विदा दिने, उद्योगहरुलाई करछुट र व्याजदर घटाउने लगायतका सुविधा दिएकाे छ । भारतमा पनि सरकारले त्यस्तै खालका घाेषणा गरेकाे छ । उदाहरणका लागि दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले रासनकार्ड बाट रासनलिने नागरिकहरूलाई ५० प्रतिशत थप रासन दिने, सामाजिक सुरक्षा भत्तालिने अपांगता भएका र जेष्ठ नागरिकलाई एक महिनाकाे पेन्सन १००% थप गरिदिने, भाडामा बस्नेहरुका लागि ३ महिनासम्मकाे घरभाडा तिरिदिने लगाएतका घाेषणा गरेका छन । यद्यपि भारतमा रहेको ठुलाे जनसंख्या र भ्रष्टाचार काे चपेटामा जीवन अरु कष्टकर हुने देखिन्छ । दाेश्राेपटक मे ३ सम्म भारत सरकारले लकडाउन थपेपछि घर जान माग गर्दै मुम्बई मा हजारौंको प्रदर्शन र प्रहरीको लाठीचार्ज समेतकाे घटना नियाल्दा हाम्रो छिमेकी मुलुक महामारी पिडितकाे लिस्टमा एक नम्बरमा अाईपुग्दैछ भनी अाँकलन गर्न थालिएको छ ।
नेपालमा संकटको वास्तविक चपेटामा प्रवेश भैसकेको छैन । अमेरिका, युराेप देखि गल्फ देशहरुले अाफ्ना नागरिकहरु लैजान नेपाल सरकारलाई अाव्हान गरेका समाचारहरु सार्वजनिक भएका छन । गफ, फुई, फुर्ति र हस्याैलिलाई छाेडने हाे भने वैदेशिक राेजगारमा गएका र एकैपटक फर्कने अवस्थामा हजारौं नागरिक नेपाल छिर्ने हाे भने उनिहरुलाई क्वारेन्टाइनमा राख्ने र अाैषधाेपचार गर्ने संयन्त्र, संरचना र हैसियत नेपालसँग छैन । यस्तोमा संयुक्त राष्ट्रसँघ, धेरै हदसम्म काेराेना महामारीको सामना गरिसकेको उत्तर छिमेकी लगायतसँग सहायताकालागि अपिल गर्ने र कूटनीतिक पहल लिनेकाम ढिलाे गर्नु हुँदैन । नेपालकाे तयारी र घाेषणाहरु निम्छरिलाे अवस्थामा छन । नेपालमा भएका यी केही घाेषणाहरु सन्निकट महामारी सामनाका लागि फुच्चे लाग्दछ । महामारि कन्ट्रोलमा रहे त समस्या नहाेला अन्यथा नेपाल भाेकमरि र महामारीको दाेहाेराे चेपमा पर्ने खतरामा छ । समाजवादी यात्राकाे दुहाई दिंदै करिव दुई तीहाई नजिककाे बहुमतसाथ सत्तासिन नेकपाकाे सरकारले नेपालमा सरकारकाे दायित्व पर्ने गरि त्यस्तो कुनै मननीय घाेषणा गरेकाे छैन ।
सरकारका केही मुख्य पहल र घाेषणाहर हेराैं । जस्तैः स्थानीय सरकारमार्फत राहतका प्याकेट वितरण, सरकारि कर्मचारीहरुकाे तलव कटाैती, निजि कम्पनीहरुलाई तलव नराेक्न निर्देशन, निजि शिक्षणसँस्थालाई एक महिनाकाे शुल्क छुट दिन निर्देशन, घरवेटिहरुलाई एक महिनाकाे घरभाडा नलिन अाग्रह, ऋणिहरुलाई किस्तातिर्ने समय थपिदिन बैंकहरुलाई अाग्रह, निशुल्क: सेवादिन निजि स्वास्थ्य संस्थाहरुलाई अाग्रह र उपचार काेषमा सहयाेग/चन्दा दिन अाम नागरिकहरुलाई अाग्रह अादि नेपाल सरकारका पहल कदमि हुन । नेकपाकाे सरकारले महामारीको सामनागर्ने काममा अाफ्नाे थप दायित्व पुरै पन्छाएकाे छ । लकडाउनका कारणले विकासनिर्माण तर्फकाे बजेट फ्रिज हुने अवस्थाकाे अाँकलन गरि अार्थिक राहतकाे प्याकेज सरकारबाट घाेषणा हुनु अनिवार्य छ । अान्तरिक श्राेत परिचालनमा वजेटलाई पुन:याेजना गर्नु पहिलाे काम हाे । १५% मात्रै बजेट खर्च भएकाे अवस्थामा वाँकि वजेट राहत र स्वास्थ्य व्यवस्थापन मा नै केन्द्रित गर्न किन ढिला ? अान्तरिक श्राेतले मात्रै पुग्दैन भन्ने तथ्य घाम जस्तै छर्लङ्ग छ । त्यसकारण कूटनीतिक पहलकदमि मार्फत मुलतः संयुक्त राष्ट्रसंघ, चीन र अन्य मुलुकहरुसँग सहयोग माग्न ढिला नगराैं । सहयाेगकाे जाे हाे तयारी स्वरुप हाे । अाशंकित संकट नेपालमा प्रवेश नगरेकाे अवस्थामा चाहिँ हामीलाई प्राप्तहुन अाश्वासित सहयाेग सबैभन्दा वढि प्रताडित मुलुकलाई प्रदान गर्ने प्रतिवद्धता गराैं । तवमात्र हामी नेपालीले पनि संकटसामनामा अाफ्नाे हैसियत अनुसारको पहलकदमी लिएको ठहर्नेछ । धन्यवाद ।